१९ चैत्र २०७९, आईतवार

Apr 2, 2023

तिराना । अल्बानियाका सबै विश्वविद्यालयका सबै विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरुलाई कोरोनाभाइरसविरुद्धको खोप अनिवार्य गर्न लागिएको छ ।प्रधानमन्त्री इडी रामाले सबै विश्वविद्यालयका सबैलाई खोप अनिवार्य गर्ने व्यवस्था गर्न लागिएको बिहीबार जानकारी दिए । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको महामारी र देशको वर्तमान अवस्थाका कारण यस्तो व्यवस्था गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो ।

Advertisement

शिक्षा, खेलकुद र युवामन्त्री एभिस कुशी र विद्यार्थीहरु सहभागी एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । आफूसँगै अरूको समेत सुरक्षाका लागि पनि खोप अत्यावश्यक भएकाले खोप लगाउन हेलचेक्र्याइँ गर्न नहुनेमा उनले जोड दिए । सबै मानिसलाई खोप अनिवार्य गर्नु आवश्यक छ तर क्षेत्रगत रुपमा वर्गीकरण गरेर प्राथमिकता निर्धारण गर्नुपर्दछ,” उनले भने ।

खोप लगाउन कसैले चाहने र कसैले नचाहने भन्न नै नपाउने र सरकारले तोकेको समयमा सबैले अनिवार्य रुपमा लगाउनुपर्ने उनले बताए । कोरोनाभाइरसको महामारी व्यवस्थापन र विश्लेषणका लागि गठित विज्ञहरुको समूहले बुधबार मात्रै थप प्रतिबन्धात्मक व्यवस्था लागू गर्नु नपर्ने निष्कर्ष निकालेको छ तर दैनिक सङ्क्रमितहरुको सङ्ख्या भने धेरै नै रहेको देखिएको छ । कोरोनाभाइरसका कारण बिरामी भएर तिरानाका अस्पतालहरुमा भर्ना भएकामध्ये ९५ प्रतिशत बिरामीले खोप नलगाएको पाइएको अधिकारीहरुले जनाएका छन् ।

खोप लगाएर पनि सङ्क्रमित भएकाहरुको सङ्ख्या भने ३२ मात्रै रहेको जनाइएको छ । अल्बानियाका झन्डै छ लाख मानिसले दुवै खोप लगाइसकेका छन् । यो सङ्ख्या देशको झन्डै २७ प्रतिशत रहेको स्वास्थ्यमन्त्री ओगेर्था मानास्तीर्लिउले जानकारी दिए । अल्बानियामा अहिले कोरोनाभाइरसविरुद्धको खोप चरण चरणमा लगाउने अभियान चलिरहेको छ । आगामी सेप्टेम्बरमा १८ वर्ष पूरा भएका सबैलाई खोप लगाउने व्यवस्था गर्न लागिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८४४ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै अहिलेसम्म कूल सङ्क्रमितहरुको सङ्ख्या एक लाख ४१ हजार ३६५ पुगेको छ । तीमध्ये एक लाख ३१ हजार ८१२ जना सङ्क्रमणमुक्त भएका छन् भने अरू दुई हजार ४८३ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।-सिन्ह्वा

प्रतिकृया दिनुहोस्

Flash News

बुटवल-पाल्पा सडक दैनिक ९ घण्टा बन्द हुने उपसचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर निजी विद्यालयको सेटिङमा एसईईमा व्यापक चिट चोरी रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार रुकुममा ५ थान भरुवा बन्दुक बरामद दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले राखे दुई लाखको अक्ष्यकोष कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ? मोदी इनर्जीको आईपीओ बाँडफाँट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा