१९ चैत्र २०७९, आईतवार

Apr 2, 2023

काठमाडौँ । आर्थिक वर्ष २०७७/७८ मा ४.०१ प्रतिशत आर्थिक वृद्धिको अनुमान गरिएको छ । सरकारले ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएकामा कोरोना कहरका कारण आर्थिक गतिविधि शिथिल हुँदा र सरकारको पुँजीगत खर्च पनि कम हुँदा त्यसको असर आर्थिक वृद्धिमा देखिएको हो । यस वृद्धिमा कृषि क्षेत्रको २।६४ प्रतिशत, उद्योग क्षेत्रको ५.०५ प्रतिशत तथा सेवा क्षेत्रको वृद्धि ४।४३ प्रतिशत रहेको छ ।

Advertisement

नेपाल राष्ट्र बैङ्कद्वारा प्रकाशित आर्थिक वर्ष २०७७/७८ को वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको अंश क्रमशः २५.८३ प्रतिशत, १३.११ प्रतिशत र ६१.०६ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा कुल वस्तु निर्यात ४४।४ प्रतिशतले वृद्धि भएर १४१ अर्ब १२ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यात ०.६ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः ५१.७ प्रतिशत र २७.७ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा १४.७ प्रतिशतले कमी आएको छ ।
वार्षिक बिन्दुगत आधारमा २०७८ असारमा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क ५।३ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क ८.९ प्रतिशतले बढेको छ । २०७७ असार महिनामा २.६ प्रतिशतले बढेको व्यापारको सर्त २०७८ असार महिनामा ३.४ प्रतिशतले घटेको छ ।

रेमिट्यान्स ९.८ प्रतिशतले बढ्यो
आर्थिक वर्ष २०७७/७८ मा रेमिट्यान्स आप्रवाह ९.८ प्रतिशतले वृद्धि भएर ९६१ अर्ब पाँच करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्ष रेमिट्यान्स आप्रवाह ०.५ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ८.२ प्रतिशतले वृद्धि भई आठ अर्ब १५ करोड पुगेको छ ।
अघिल्लो वर्ष यस्तो आप्रवाह ३.३ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ६२।८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या २०.५ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ४६.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या ३४.७ प्रतिशतले घटेको थियो । आर्थिक वर्ष २०७७/७८ मा खुद ट्रान्सफर ९.१ प्रतिशतले वृद्धि भई १०७१ अर्ब ३५ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर १.५ प्रतिशतले घटेको थियो ।

चालू खाता घाटामा
समीक्षा अवधिमा चालू खाता ३३३ अर्ब ६७ करोड रुपियाँले घाटामा रहेको छ । अघिल्लो वर्ष चालू खाता ३३ अर्ब ७६ करोड रुपियाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३३ करोड ९८ लाखले घाटामा रहेको चालू खाता समीक्षा वर्षमा दुई अर्ब ८४ करोडले घाटामा रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा पुँजीगत ट्रान्सफर ७.४ प्रतिशतले वृद्धि भई १५ अर्ब २६ करोड रुपियाँ पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ०।२ प्रतिशतले वृद्धि भई १९ अर्ब ५१ करोड रुपियाँ कायम भएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर १४ अर्ब २१ करोड रुपियाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १९ अर्ब ४८ रुपियाँ करोड रहेको थियो ।सोही अवधिमा शोधनान्तर स्थिति एक अर्ब २३ करोड रुपियाँ बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति २८२ अर्ब ४१ करोड रुपियाँ बचतमा रहेको थियो ।

कुल विदेशी विनिमय सञ्चितिमा कमी
२०७७ असार मसान्तमा १४०१ अर्ब ८४ करोड रुपियाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ०.२ प्रतिशतले कमी आई २०७८ असार मसान्तमा १३९९ अर्ब तीन करोड रुपियाँ कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकामा २०७८ असार मसान्तमा ०.९ प्रतिशतले वृद्धि भई ११ अर्ब ७५ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैङ्कमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२२६ अर्ब १२ करोड रुपियाँ रहेकामा २०७८ असार मसान्तमा १.५ प्रतिशतले वृद्धि भई १२४४ अर्ब ६३ करोड रुपियाँ पुगेको छ ।

मुद्राप्रदाय बढ्यो
आर्थिक वर्ष २०७७/७८ मा विस्तृत मुद्राप्रदाय २१.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष उक्त मुद्राप्रदाय १८.१ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा खुद वैदेशिक सम्पत्ति एक अर्ब २३ करोड रुपियाँ(०.१) प्रतिशतले बढेको छ । अघिल्लो वर्ष उक्त सम्पत्ति २८२ अर्ब ४१ करोड रुपियाँ (२८.७ प्रतिशत)ले बढेको थियो । समीक्षा वर्षमा सञ्चित मुद्रा ५.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो मुद्रा २६.७ प्रतिशतले बढेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

बुटवल-पाल्पा सडक दैनिक ९ घण्टा बन्द हुने उपसचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर निजी विद्यालयको सेटिङमा एसईईमा व्यापक चिट चोरी रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार रुकुममा ५ थान भरुवा बन्दुक बरामद दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले राखे दुई लाखको अक्ष्यकोष कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ? मोदी इनर्जीको आईपीओ बाँडफाँट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा