१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

पर्वत । पर्यटकीय सम्भावना बोकेको बराहताल ओझेलमा परेको छ । जलजला गाउँपालिका–२ पूर्णगाउँस्थित सो ताल आवश्यक संरक्षण र प्रचारप्रसारको अभावमा ओझेल परेको हो । पूर्वाधार, संरक्षण र प्रचारप्रसारको अभावमा यो ताल ओझेलमा परेको स्थानीयवासीको भनाइ छ । समुद्री सतहदेखि एक हजार ९५० मिटरको उचाइमा अवस्थित बराहताल तीन रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको छ । करिब तीन मिटर गहिरो यस तालको पृष्ठभूमिमा धवलागिरि, नीलगिरि र अन्नपूर्ण हिमाल रहेको छ । बस्तीदेखि टाढा एकान्त वातावरणमा रहेको बराहताल पर्यटक र पूर्वाधार विकासको पर्खाइमा छ । पर्यटकीय सम्भावना बोकेको भए पनि तीनै तहका सरकारले तालको प्रचारप्रसार गर्न नसकेका कारण ताल ओझेलमा परेको स्थानीवासीको भनाइ छ ।

Advertisement

“यो ताललाई प्रचारप्रसार गर्न सकेमा यहाँ पर्यटकको ओइरो लाग्छ”, स्थानीयवासी पूर्णबहादुर बरुवाले भने, “जलजला गाउँपालिकाको पर्यटकीयस्थल भनेको यही ताल यही हो । छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनीबाट मल्लाज हुँदै करिब दुई घण्टा उकालो हिँडेपछि बराहताल पुग्न सकिन्छ । अहिले मोटरबाटोको समेत सुविधा पुगेको छ । बेनी–मालढुङ्गा सडकबाट झण्डै एक घण्टाको समयमा सवारी साधनबाट तालमा पुग्न सकिन्छ । तालबाट पर्वत, म्याग्दी र बागलुङको विभिन्न बस्तीको अवलोकन गर्न सकिन्छ । हिमालको छायाँ पर्दा ताल निकै आकर्षक र मनमोहक देखिन्छ ।

जनै पूर्णिमाको अवसरमा बराहतालमा विशेष मेला लाग्छ । गत वर्ष र यस वर्ष भने भक्तजनहरुको न्यून उपस्थिति रहेको स्थानीय लालबहादुर अधिकारीले जानकारी दिए । यहाँ पूजाआजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । घर्ती क्षेत्रीको कुलपूजासमेत यही तालको नजिकैमा रहेको मन्दिरमा गरिने भएकाले पनी यहाँ सन्तान लाभ, रोजगारी, व्यापार, व्यवसायमा सफलताका लागि कामना गर्न त्यहाँ जाने गरेको स्थानीय युवा नवीन जिसीले बताए ।

‘छेउमै रहेको ढुङ्गे धारामा पानी सुक्दैन, यहाँका बासिन्दाले यही पानी खाने गर्छन्”, उनले भने, “तालको बीचमा रहेको मन्दिर र बरको रुखले समेत यो ताललाई आकर्षक बनाएको छ । बराहताल अन्नपूर्ण धवलागिरि सामुदायिक पदमार्गअन्तर्गत पर्दछ । अङ्ग्रेजी अक्षरको सी आकारको तालको सौन्दर्य र विशेषता मल्लाजमै सीमित बनेको छ ।

जलजला गाउँपालिकाको सबैभन्दा ठूलो बराहताल कहिल्यै सुक्दैन । तालको बीच भागमा अवस्थित बयसको रूख यहाँको अर्को आकर्षण हो । सोही रूखको फेदीमा रहेको जलबराह देवताको मूर्तिमा पूजाआजा गरिन्छ । ताल परिसरमा घर्ती, क्षेत्री र कार्की थरका क्षेत्री समुदायको कुल मन्दिर छ । गाईभैँसीले तालमा फोहर गर्ने समस्या भने रोकिएको छ । ताल परिसरमा सुरक्षाका लागि भित्री भागमा तारजाली तथा बाहिरी भागमा घेरबार लगाइएको जलजला गाउँपालिका–२ का अध्यक्ष गोविन्द खत्रीले बताए । “हामीले गाउँपालिकाभित्र ठूलो ताल भनेको यही हो, अघिल्लो वर्ष केही घेराबार गरिएको छ”, उनले भने, “गत आर्थिक वर्षमा पनि ताललाई गहिरो बनाउने र तालको वरिपरि पर्खाल लगाउने काम गरेका छौँ । ताललाई व्यवस्थित गरेर यहाँ पुग्ने पर्यटकका लागि पौडी खेल्ने व्यवस्थापन गर्न गाउँपालिकाले गृहकार्य गरेको जनाएको छ ।

स्थानीय तहको बेरुजु झण्डै रु १० करोड

सात स्थानीय तहमा झण्डै रु १० करोड बेरुजु देखिएको छ । पर्वतका दुई नगरपालिका र पाँच गाउँपालिकासहित सात स्थानीय तहमा रु नौ करोड ७५ लाख ९१ हजार बेरुजु देखिएको हो । महालेखा परीक्षकको कार्यालयले गएको शुक्रबार सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदनअनुसार पर्वतका सातवटा पालिकाको रु छ अर्ब ७९ करोड ५० लाख २० हजार बजेटको लेखापरीक्षण गर्दा १।२४ प्रतिशत बेरुजु देखिएको हो ।

महालेखाको प्रतिवेदनअनुसार पर्वतमा सबैभन्दा धेरै बेरुजु कुश्मा नगरपालिकाको देखिएको छ भने सबैभन्दा कम पैँयु गाउँपालिकामा देखिएको छ । कुश्मा नगरपालिकामा रु एक अर्ब ६३ करोड ४८ लाख ८४ हजारको लेखा परीक्षण गर्दा रु पाँच करोड २३ लाख ५८ हजार बेरुजु देखिएको छ । कुश्माको बेरुजु प्रतिशत तीन दशमलव २० प्रतिशत देखिएको छ ।

त्यसैगरी फलेवास नगरपालिकामा रु एक अर्ब ३४ करोड १८ लाख ३८ हजारको लेखापरीक्षण गर्दा रु एक करोड ४५ लाख २२ हजार बेरुजु देखिएको छ । फलेबासको बेरुजु प्रतिशत एक दशमलब आठ प्रतिशत छ । पर्वतमा सबैभन्दा कम बेरुजु पैयुँ गाउँपालिकामा रहेको छ । पैंयुमा रु ६६ करोड ६९ लाख ४५ हजारको लेखा परीक्षण गर्दा रु २१ लाख १२ हजार मात्र बेरुजु देखिएको छ । पैँयुको बेरुजु प्रतिशत शून्य दशमलव ३२ प्रतिशत छ । पर्वतमा पैँयुपछि मोदी गाउँपालिकामा कम बेरुजु देखिएको छ । मोदीमा रु एक अर्ब तीन करोड १९ लाख ९१ हजारको लेखा परीक्षण गर्दा रु ३८ लख ९३ हजार बेरुजु देखिएको छ । मोदीको बेरुजु शून्य दशमलव ३८ प्रतिशत छ । महाशिला गाउँपालिकामा बेरुजुको प्रतिशत शून्य दशमलव ४८ प्रतिशत छ । महाशिलामा रु ६२ करोड ३० लाख छ हजारको लेखा परीक्षण गर्दा रु २९ लाख ८४ हजार बेरुजु देखिएको हो ।

यस्तै पर्वतको बिहादी गाउँपालिकाको बेरुजु प्रतिशत दुई दशमलव १२ प्रतिशत छ । बिहादीमा रु ५५ करोड ६९ लाख ९२ हजारको लेखा परीक्षण गर्दा रु एक करोड १७ लाख ९६ हजार बेरुजु देखिएको छ । यस्तै जलजला गाउँपालिकामा एक दशमलब ०६ प्रतिशत बेरुजु देखिएको छ । जलजलामा रु ९३ करोड ६८ लाख ४६ हजारको लेखा परीक्षण गर्दा रु ९९ लाख २६ हजार बेरुजु देखिएको छ । महालेखापरीक्षकले सार्वजनिक गरेको प्रतिवेदनमा जिल्लाका सम्पूर्ण पालिकामा गत आवको तुलनामा बेरुजु घटेको देखिएको छ । देशभरका स्थानीय तहको औषत बेरुजु प्रतिशत पाँच रहेको छ । -रासस

प्रतिकृया दिनुहोस्

Flash News

सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनि वीक-२०२३’ प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै भाटभटेनीेमा वीरगंजवासीको उत्साहजनक सहभागिता, शुभारम्भका छुट यथावत ( भिडियोसहित) कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै