१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

Advertisement

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज बिहीबार राजीनामा दिने भएका छन् ।नेकपा एमाले संसदीय दलको बैठक बिहीबार बिहान ११ बजे बोलाइएको छ । सोही बैठकबाट मुख्यमन्त्री राइले पदबाट राजीनामा दिएर भीम आचार्यलाई दलको नेता चयन गर्न बाटो खोल्न लागेका हुन् । 

बैठकमा अनिवार्य उपस्थित हुन भन्दै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा गएका भनिएका सांसदलाई समेत बोलाइएको छ । आज नै आचार्यले मुख्यमन्त्रीको सपथ लिने तयारी भइरहेको एमाले स्रोतले जनाएको छ ।९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा एमालेसँग ५१ सांसद रहेका थिए । सभामुखसमेत एमालेकै रहेको र एक सांसद अदालतले दोषी ठहर गरेपछि फरार छन् । एमालेलाई प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ ।

एकीकृत समाजवादीमा एमालेको केन्द्रीय सदस्यसमेत रहेका प्रदेश सांसद राजेन्द्रकुमार राई र राजन राईले निर्वाचन आयोगमा सनाखतमै हस्ताक्षर गरिसकेका छन् । प्रदेश १ मा एमालेबाट नेपाल नेतृत्वको समाजवादीमा जाने सांसदको संख्या ९ जना रहेको उनीहरूको दाबी छ । अहिले त्यो संख्या घटिसकेको एमाले स्रोतको दाबी छ । यसअघि नेपाल समूहमा रहेका आचार्यले एक पटक सहयोग गर्न भन्दै सांसदलाई फोन गरिसकेका छन् ।  

प्रतिकृया दिनुहोस्

Flash News

४१ वर्षीया सारदाको शंकास्पद मृत्यु, श्रीमान प्रहरी नियन्त्रणमा रुपन्देही कञ्चनमा जारी १८ महापुराण तथा ज्ञान महायज्ञमा भक्तजनहरुको उल्लेखनीय सहभागिता जतिसुकै गठबन्धन होस एमाले बाघको डमरु हो, सिनो खाने स्यालको बच्चा होइन : ओली सुरक्षित, अनुशासित र मर्यादित रुपमा गन्तव्यमा पुराउने ४० सवारी चालकलाई बुटवलमा सम्मान अर्जै गुल्मी-रुपन्देही सम्पर्क समाजद्वारा बुटवलमा रक्तदान सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु