६ चैत्र २०७९, सोमबार

Mar 20, 2023

काठमाडौं । मङ्गलबारजस्तै धितोपत्र बजारमा आज पनि शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४८.४४ अङ्कले घटेर तीन हजार ७६.४४ मा ओर्लेको छ ।

Advertisement

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.६७ विन्दुले घटेर ५६७.९९ मा ओर्लेको छ । नेप्सेसँगै कारोबार रकमसमेत आज खुम्चिएको छ । कूल २२७ कम्पनीको एक करोड ९५ लाख ९९ हजार ८९ कित्ता शेयर रु १२ अर्ब नौ करोड २१ लाख तीन हजार ५०४ मूल्यमा खरिद बिक्री भए । बुधबारको कारोबारपछि बजार पूँजीकरणसमेत ओरालो लागेको छ । नेप्सेका अनुसार कूल रु ४२ खर्ब ९८ अर्ब ४० करोड ८९ लाख ६० हजार बराबर पुगेको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ २९.४७, व्यापार ४१.१९, होटल तथा पर्यटन ५१.३१, विकास बैंक १६५.५९, जलविद्युत् १३.४, वित्त २१.२९, निर्जीवन बीमा ४२२.५३, उत्पादन १६२.६५, अन्य ३२.७२, लघुवित्त ५७.१, जीवन बीमा ३५४.७४, सामूहिक लगानी कोष ०.१८ र लगानी २.२२ विन्दुले ओरालो लागेका छन् ।

कारोबारका आधारमा अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ४८ करोड ७१ लाख पाँच हजार ३४६ बराबरको कारोबार भयो । यस्तै रिडी हाइड्रोपावर रु ४८ करोड ७० लाख ६५ हजार २१८, अरुण भ्याली हाइड्रोपावर रु ४६ करोड ७१ लाख ११ हजार ३०७, नेशनल हाइड्रोपावर रु ३६ करोड २८ लाख १० हजार ४४१ र आइसिएफसी फाइनान्स रु ३५ करोड ९७ लाख ८० हजार २३२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार जीवन विकास लघुवित्त र आइसिएफसी फाइनान्सको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लाग्यो । माउण्टेन इनर्जी नेपाल ७.६९, दिव्यश्वरी हाइड्रोपावर ३.२६ र साधना लघुवित्तका लगानीकर्ताले २.७१ प्रतिशतले कमाए ।

यस्तै खानीखोला हाइड्रोपावर ९.९८, जानकारी फाइनान्स ६.०६, जनरल इन्स्योरेन्स कम्पनी ५.६९, नेपाल फाइनान्स ५.५६ र हिमालयन पावर पार्टनरका लगानीकर्ताले ५.५५ प्रतिशतले गुमाए । रासस

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार