१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

एजेन्सी । चीनका पुरातत्वविद्हरुले पन्ध्र सय वर्षअगाडि पुरुष र महिलालाई एउटै चिहानमा गाडेको अस्थिपञ्जर फेला पारेका छन् । दुबै जनाको अस्थिपञ्जर अंगालोमा बेरिएको अवस्थामा देखिन्छ ।

Advertisement

मृत्यु हुने बेला पुरुष २९ देखि ३५ वर्ष भएको र उनको पाखुरा भाँच्चिएको, दाँया हातको चोर औला नभएको पुरातत्वविदहरले अनुमान गरेका छन् । त्यस्तै,  मृत्यु हुने बेलामा  महिलाको उमेर अन्दाजी ३५ देखि ४० वर्षसम्मको हुन सक्ने र उनले बायाँ हातमा औँठी लगाएको अनुमान गरिएको छ । चीनको सान्सी प्रान्तमा माटो खन्ने क्रममा उनीहरुको संयुक्त चिहान देखिएको हो ।

महिला र पुरुषको एउटै चिहानमा कसरी अन्त्यष्टि भयो भन्ने बारेमा प्रष्ट हुन सकेको छैन् । आफ्ना मृत श्रीमानको पीडाले महिलाले पनि देह त्याग गरेको हुन सक्ने अनुमान गरिएको छ ।

यस्तो चिहान चिनियाँ इतिहासमै पहिलो पटक भेटिएको बताइएको छ । चिहानले चीनको नर्थ वी वंशले शासन गरेको समय (३८६–५३४ एडी) मा प्रेम र त्यागलाई प्रतिनिधित्व गर्ने जनाइएको छ ।

चिहानको तस्बिरले ‘पहिलो सहश्राब्दीको समयमा चिनियाँ संस्कृतिको स्वतन्त्र अभिव्यक्ति र प्रेमको सक्रीय खोजी’ लाई उजागर गरेको अनुसन्धानकर्ताले बताएका छन् ।

‘अन्तिम संस्कारको अभ्यास पश्चिमा सस्कृतिबाट प्रभावित भएको ह्न सक्छ’ अनुसन्धानकर्ताहरुले भनेका छन् ।  चिहानमा मानिसको मायाको आवेगको अनौठो प्रदर्शन झल्किएको छ । चिहानको अस्थिपञ्जरले  उत्तरी चीनमा त्यतिबेला प्रेमप्रति मानिसको धारणाको दुर्लभ दृष्टिकोणलाई प्रतिबिम्ब गरेको छ । चिहाननजिक  केही माटाका सामाग्री पनि फेला परेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

सुरक्षित, अनुशासित र मर्यादित रुपमा गन्तव्यमा पुराउने ४० सवारी चालकलाई बुटवलमा सम्मान अर्जै गुल्मी-रुपन्देही सम्पर्क समाजद्वारा बुटवलमा रक्तदान सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनि वीक-२०२३’ प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै