६ चैत्र २०७९, सोमबार

Mar 20, 2023

परासी । बर्दघाट नगरपालिकाले आफ्ना नगर प्रहरीहरु र दम्कल चालकसहित सम्वन्धित ब्यक्तिहरुलाई ३ दिने अग्नीनियन्त्रण सम्वन्धि तालिम शुरु गरेको छ । हिजोदेखि शुरु भएको उक्त तालीममा दम्कलको प्रयोग र त्यसको चुनौती संगै आईपर्ने समस्याहरुको समाधानका वारेमा जानकारी दिन उक्त तालीमको आयोजना गरेको बताईएको छ । बर्दघाट नगरपालिकाको परिसरमा आयोजना गरीएको उक्त तालीमको सहजिकरणकका लागि चितवनको भरतपुर महानगरपालिकाका अग्नि नियन्त्रण अधिकृत देवेन्द्र रेग्मी खटेका छन्।

दम्कल सेवाप्रदान सम्वन्धि तालिममा दमकलका उपकरणहरु र त्यसको प्रयोग विधिसंगै आईपर्ने समस्या र समाधानका वारेमा समेत जानकारी दिने उद्धेश्यले उक्त तालीमको आयोजना गरिएको हो । बर्दघाट नगरपालिकामा दम्कल खरीद गरी ल्याएसंगै अहिले सम्म बर्दघाट नगरपालिकाको दम्कलको प्रयोग गरेर बर्दघाट नगरप्रहरीले नवलपरासी र रुपन्देहीका गरी २५ वटा आग्लागीका घट्नाहरुमा पुगेर आगो नियन्त्रणमा सहयोग गरीसकेको बर्दघाट नगरप्रहरी प्रमुख पिताम्वर सापकोटाले जानकारी दिए ।

अहिले सम्म दम्कलका बारेमा कुनै जानकारी बिना नै बर्दघाट नगर प्रहरीले अग्नी नियन्त्रणमा खटिएर काम गरेको प्रति आश्र्चय मान्दै तालिम प्रदानगर्न आएका भएका अग्नि नियन्त्रक रेग्मीले उनीहरुले गरेको काम प्रति आफु निक्कै खुशि भएको बताएका छन् । पहिले विना जानकारी सेवा प्रवाह गरेका नगर प्रहरीहरुले अब अग्नी नियन्त्रणको तालीम पाएसंगै छिटो छरीतो र सुरक्षीत तरीकाले कार्यगर्नेमा आफु विश्वश्त रहेको अग्नीनियन्त्रक रेग्मीको भनाई रहेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार