६ चैत्र २०७९, सोमबार

Mar 20, 2023

Advertisement

काठमाडौँ । निर्वाचन आयोगले दल दर्ता गर्दा हस्ताक्षर छुटेका सांसद तथा केन्द्रीय सदस्यलाई सनाखत नगर्ने भएको छ ।नेकपा एमालेबाट बिभाजन भएर नयाँ दलप नेकपा एकीकृत समाजवादी दर्ता प्रक्रियामा आज निर्वाचन आयोगले सनाखतका लागि आयोगले बोलाएको छ ।आयोगले बिहान ११:३० देखि २ बजेसम्म आयोगमा स्वयं उपस्थित भएर सनाखत गर्न भनेको छ ।    

आयोगले स्वयं उपस्थित हुनुपर्ने र दर्ता गर्दा हस्ताक्षर भएको हुनुपर्ने भनेपछि हाल भारतको नयाँ दिल्लीमा उपचाररत नेता झलनाथ खनालसहित चार जनाको सनाखत नहुने भएको हो । यसले नेपाल पक्षको संसदीय दलमा २० प्रतिशत नपुग्ने भएको छ ।

आयोगले संसद सचिवालयलाई पत्र लेख्दै एमालेको हाल कायम रहेका सांसदहरुको संख्याको जानकारी मागेको र संसद सचिवालयले एमालेका प्रतिनिधि सभामा १२१ र राष्ट्रिय सभामा ३३ सदस्य गरी कुल १५४ सदस्य रहेको विवरण पठाएको बुझिएको छ ।  यसरी नेपाल पक्षलाई संसदीय दलमा २० प्रतिशत पुर्याउन ३१ सदस्य आवश्यक पर्ने भए पनि दल दर्ता गर्दा ३१ जनाको नाम रहेको र २९ जनाको मात्र हस्ताक्षर रहेको आयोग स्रोतले जनाएको छ ।          

त्यस्तै नेपाल पक्षले केन्द्रीय सदस्यतर्फ ५८ जनाको नाम पेश गरेको भएपनि ५५ जनाको हस्ताक्षर रहेको बुझिएको छ । एमालेको आयोगमा भएको- विवरण अनुसार २०३ जनाको केन्द्रीय समितीको- २० प्रतिशत ४१ जनाको सनाखत भएमा नेपाल पक्षको दल दर्ता हुने भएको छ ।

एमालेका सांसद सोमप्रसाद पाण्डे, शारदा भट्ट, माया ज्ञवाली र केन्द्रीय सदस्य राजन राईसहित चार जनाले मंगलबार आफूहरू पनि नेकपा (एकीकृत समाजवादी) मा समावेश हुन र सनाखत गर्न आयोगमा निवेदन दिएका छन् । त्यस्तै आयोगले स्वयं उपस्थित हुनुपर्ने भनेपछि हालप दिल्लीमा उपचारत रहेका नेता झलनाथ खनालको पनि सनाखत नहुने भएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार