Mar 23, 2023
बुटवल । पछिल्लो समय होटल तथा रेष्टुरेन्टमा गई हजारौं खर्च गरि जन्मदिन मनाउने प्रचलन बढ्दै गएको छ । मनोरञ्जनको नाममा अनावश्यक खर्च गरि जन्मदिन मनाउने गरेको देखिन्छ । तर, बुटवलका एक व्यवसायीले भने आफ्नो जन्मदिन अपाङ आश्रममा मनाएका छन् । रुपन्देहीको बुटवलमा रहेको द रोमा ग्रील रेष्टुरेन्टका सञ्चालक समेत रहेका कृष्ण श्रेष्ठले आफ्नो जन्मदिन बुटवल उपमहानगरपालिका ११ देवीनगरमा रहेको नेपाल अपाङ आश्रममा खाना खुवाई जन्मदिन मनाएका हुन् ।
श्रेष्ठले आश्रममा रहेका करीब ३५ जनालाई खाना खुबाएका छन् । उनले जन्मदिनमा अनावश्यक खर्च गरि मनाउनु भन्दा सामाजिक कार्यमा खर्च गरेको बताए । सो अवसरमा नेविसंघ लुम्बिनी वाणिज्य क्याम्पसका सभापति सुरज क्षेत्री, कोषाध्यक्ष सिद्धार्थ श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस्