१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

गण्डकी । कास्कीको विभिन्न स्थानमा भएको दुर्घटनामा परी दुई युवकको मृत्यु भएको छ भने एक बालिका बेपत्ता भएकी छन् । प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार पोखरा महानगरपालिका–१६ लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलको स्टाप क्वाटरको छतबाट खस्दा स्थानीयवासी ४० वर्षीय शङ्कर थापाको निधन भएको हो । छतको टिन मर्मत गर्ने क्रममा अचानक खसेर घाइते भएका उनको पोखरास्थित फिस्टेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै पोखराको नागढुङ्गामा ग२०प ६०७५ नम्बरको मोटरसाइकल र ग१य ११७१ नम्बरको गाडी एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । सवारी दुर्घटनामा परी मोटरसाइकल चालक पोखरा–१७ विरौटा बस्ने १९ वर्षीय कृष्ण देवकोटाको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा चरक मेमोरियल अस्पताल पोखरामा मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रहरीका अनुसार आज बिहान पोखरा–२६ कालिकाचोकस्थित नहरले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् । सोलुखुम्बु घर भई हाल पोखरा–२६ बूढीबजार बस्ने ११ वर्षीया दीपशिका भुजेल खेल्ने क्रममा अचानक नहरमा खस्दा बेपत्ता भएकी हुन् । उनको खोजी कार्यलाई तीव्रता दिएको प्रहरीको भनाइ छ । रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देही कञ्चनमा जारी १८ महापुराण तथा ज्ञान महायज्ञमा भक्तजनहरुको उल्लेखनीय सहभागिता जतिसुकै गठबन्धन होस एमाले बाघको डमरु हो, सिनो खाने स्यालको बच्चा होइन : ओली सुरक्षित, अनुशासित र मर्यादित रुपमा गन्तव्यमा पुराउने ४० सवारी चालकलाई बुटवलमा सम्मान अर्जै गुल्मी-रुपन्देही सम्पर्क समाजद्वारा बुटवलमा रक्तदान सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनि वीक-२०२३’