२३ असार २०७९, बिहीबार

Jul 7, 2022

बुटवल । जबरजस्ती करणी उद्योगको आरोपमा प्रहरी नियन्त्रणमा रहेका रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) लाई रुपन्देही जिल्ला अदालतले ५ लाख ५० हजार धरौटी बुझि रिहा गरेको छ ।

आज रुपन्देही जिल्ला अदालतका न्यायधिश मात्रिका प्रसाद मरासिनीको ईजलाशले धरौटी रकम लिई शुक्लालाई रिहा गरेको शुक्लका कानुनी सल्लाहकार सुनिल त्रिपाठीले जानकारी दिए । शुक्लबिरुद्ध उनकै गाउँपालिकाकी एक महिलाले जवरजस्ती करणी उद्योगमा जाहेरी दिए पछि रुपन्देही प्रहरीले साउन २८ गते उनलाई हिरासतमा लिएको थियो । प्रहरी हिरासतमा बसेको १३ औं दिनमा शुक्ल छुटेका हुन् ।

थुनछेक बहसपछि न्यायाधीश मातृकाप्रसाद मरासेनीको इजलासले मंगलबार शुक्लालाई धरौटीमा छाड्न आदेश गरेको थियो । शुक्लाको तर्फबाट कानून व्यवसायी धर्मराज खड्का, साविर खाँन, प्रदीप कुमार यादव र सुनिल कुमार त्रिपाठीले बहस गरेका थिए । शुक्ला रिहा हुने खबर पाएर अदालत परिसरमा उनका समर्थकको ठूलो भिड जम्मा भएको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

नेप्से १६ अंकले घट्यो माओवादी केन्द्रको माग- एसपीपीमा सहभागी नहुने पत्र अविलम्ब अमेरिकालाई पठाइयोस् कारागारमा क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी, सुत्न र शौचालय जान समस्या प्रचण्डको प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मतिले पारित स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते बुढीगंगाको मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा हवाइ फायर तिनाउ करिडोरमा काम गर्ने एक मजदुर बुटवलको देविनगरमा मृत फेला आधारभुत विद्यालय : कोठा एक, कक्षा चार रुपन्देहीमा अवैध रूपमा ल्याउँदै गरेको सुनसहित भारतीय पक्राउ १५ वर्षीया किशोरी बलात्कृत पदाधिकारी आजै टुंगिन्छः वर्षमान पुन उपाध्यक्षमा नारायणकाजी ‘कन्फर्म’, कुन पदमा कसकाे सम्भावना धेरै ? रुपन्देहीको दानापुर तालमा डुबेर सैनामैनाका पाण्डेको मृत्यु सुनको भाउ एक हजार चार सय रुपैयाँ घट्यो पदाधिकारी टुंगो लगाउन खुमलटारमा माओवादी बैठक सुरु खोपको सर्वसुलभ पहुँचका लागि अन्तर्राष्ट्रिय समुदायलाई नेपालको अनुरोध रुसी इन्धन किन्न श्रीलंकाका राष्ट्रपतिले मागे पुटिनसँग सहयोग हैजाबाट जोगिन व्यक्तिगत सरसफाइमा ध्यान दिन एनआरएनएको आग्रह ट्राफिक नियम उल्लङ्घन गर्ने २४ सय २८ जना सवारी चालक कारवाहीमा मिटरब्याजी रामदेव साहका छोराछोरी कारागार चलान