१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या १५६ दिन पछिकै सबैभन्दा कम भएको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा भारतमा २५ हजार ४६७ जना नयाँ सङ्क्रमित थपिएका हुन् । यसैसँगै भारतमा कुल सङ्क्रमितको संख्या तीन करोड २४ लाख ७४ हजार ७७३ जना पुगेको छ । पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितको सङ्ख्या ३० हजारदेखि ४० हजारको बीचमा रहँदै आएकोमा अहिले २५ हजारको हाराहारीमा झरेको मङ्गलबार जनाएको छ ।

दैनिक सङ्क्रमितको सङ्ख्या कम भएपछि भारतका कोरोनाभाइरसको महामारी नियन्त्रण उन्मुख हुदै गएको भन्दै धेरैले सन्तोष र खुशी व्यक्त गरेका छन् । मन्त्रालयका अनुसार भारतमा पछिल्लो एक दिनमा ३९ हजार ४८६ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म कोरोना मुक्त सङ्ख्या तीन करोड १७ लाख २० हजार ११२ पुगेको सो मन्त्रालयले जनाएको छ ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने तीन लाख ३३ हजार ९२४ पुगेको अधिकारीले जनाएका छन् । यो सङ्ख्या १५६ दिनपछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल चार लाख ३५ हजार ११० जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । तीमध्ये पछिल्लो २४ घण्टामा ३५४ जनाको मृत्यु भएको हो ।कोरोना परीक्षण पनि तीव्ररुपमा भइरहेको छ । पछिल्लो एक दिनमा १२ लाख ९५ हजार १६० जनाको परीक्षण गरिएको छ । योसँगै अहिलेसम्म कुल ५० करोड ९३ लाखभन्दा बढीको परीक्षण भएको छ । त्यसैगरी भारतमा अहिलेसम्म कुल ६३ करोड ८५ लाख भन्दा बढी डोज कोरोनाभाइरसविरुद्धको खोप लगाइसकिएको छ । -रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

अर्जै गुल्मी-रुपन्देही सम्पर्क समाजद्वारा बुटवलमा रक्तदान सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनि वीक-२०२३’ प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै भाटभटेनीेमा वीरगंजवासीको उत्साहजनक सहभागिता, शुभारम्भका छुट यथावत ( भिडियोसहित)