१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

जलेश्वर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासमा तेल ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका– १ मरधरका ३२ वर्षीय धनपैत महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । सोही दुर्घटनामा परी सर्लाही हरिवन नगरपालिका– २ अतरौलीका नवीन महतो गम्भीर घाइते भएका छन् ।

गएराति करिब ८ बजे ज४प २७०० नं को मोटरसाइकलमा चढी पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका दुवै जनालाई पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ३ख ८८०० नं को तेल बोकेको ट्याङ्करले बर्दिबास नगरपालिका– ११ स्थित लक्ष्मिनिया चोक नजिकै ठक्कर दिँदा दुवै जना गम्भीर घाइते भएका थिए । दुवै जनालाई राति नै उपचारका लागि बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा ल्याइएकोमा धनपैतको सोही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो । नवीनलाई प्राथमिक उपचार पश्चात् थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएकोे प्रहरीले जनाएको छ । -रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनि वीक-२०२३’ प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै भाटभटेनीेमा वीरगंजवासीको उत्साहजनक सहभागिता, शुभारम्भका छुट यथावत ( भिडियोसहित) कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै