१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

राँझा । नेपालगञ्ज–गुलरिया हुलाकी सडकलाई विस्तार गरी चार लेन बनाउन थालिएको छ । नेपालगञ्जबाट बर्दियाको सदरमुकाम गुलरियासम्मको ३५ किलोमिटर सडक विस्तार गरी चार लेन बनाउने योजनाअनुसार पहिलो चरणमा खजुराबजार क्षेत्रमा एक हजार ८०० मिटर र बर्दियामा गुलरियाबाट भादा पुलसम्मको दुई किलोमिटर सडक विस्तार गरी चार लेन सडक बनाउन थालिएको हो ।

Advertisement

यस आर्थिक वर्षमा नेपालगञ्जको धम्बोझीबाट मैनापोखरसम्म चार लेन सडक विस्तारका लागि डिपिआर तयार भइसकेको छ । धम्बोझीबाट मैनापोखरसम्मको २० किलोमिटर चार लेन सडक निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भई कार्यान्वयनका लागि पहिलो चरणमा सडक विभागले रु. १३ करोड बजेट छुट्याइसकेको सडक डिभिजन कार्यालय नेपालगञ्जका डिभिजन प्रमुख हुमबहादुर एसीले जानकारी दिए।

उनका अनुसार नेपालगञ्ज–गुलरिया हुलाकी सडकअन्तर्गत नेपालगञ्जको धम्बोझीचोकबाट बर्दियाको बढैयाताल गाउँपालिकाको मैनापोखरसम्म चार लेन सडक बनाउने निर्णय गरेको छ । चारलेन सडक निर्माण योजना बहुवर्षीय हो । नेपाल सरकारको बजेटबाटै बहुवर्षीय योजनाअनुसार क्रमागतरूपमा चार लेन सडक निर्माण हुने भएको छ । नेपालगञ्जबाट मैनापोखरसम्मको सडकखण्डमा चार लेनको लागि आवश्यक पूर्वाधार निर्माण प्रक्रिया सुरु गरिएको डिभिजन प्रमुख एसीले जानकारी दिए।

नेपालगञ्ज–गुलरिया सडकअन्तर्गत बाँकेको खजुरा बजार क्षेत्रमा चारलेन सडक निर्माण भइरहेको छ । पहिलो चरणमा खजुरा गाउँपालिका–३ स्थित कपास विकास समितिबाट धनौलीसम्म सडक विस्तार गर्ने गरी काम सुरु भएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

उनका अनुसार सङ्घीय सरकारको रु. ३४ करोडको बोलपत्रमा गजुरमुखी निर्माण सेवाले गतवर्षदेखि चार लेन सडक निर्माण सुरु गरेको हो । पहिलो चरणमा निर्माण शुरु गरिएको एक हजार ८०० मिटर लम्बाइको चार लेन सडकमा कालोपत्र गर्ने अवस्थामा पुगेको छ । क्रमागतरूपमा बजेट थप्ने गरी केन्द्रीय सरकारको योजनाअन्तर्गत निर्माण सुरु भएको हो । नेपालगञ्जबाट बर्दियाको सदरमुकाम गुलरियासम्मको ३५ किलोमिटर सडक विस्तार गरी चार लेन बनाउने योजनाअनुसार पहिलो चरणमा खजुरा बजार क्षेत्रमा एक हजार ८०० मिटर र बर्दियामा गुलरियाबाट भादा पुलसम्मको दुई किलोमिटर सडक विस्तार गरी चार लेन सडक बनाउने काम भइरहेको छ भने सँगसँगै नेपालगञ्जको धम्बोजीबाट मैनापोखरसम्मको डिपिआर तयार गरी चार लेन सडक विस्तारको कार्य सुरु भइरहेको खजुरा गाउँपालिकाका अध्यक्ष कक्षपतिले जानकारी दिए।

केन्द्रीय सरकारको योजना भए पनि खजुरा गाउँपालिकाको मुख्य बजार क्षेत्रलगायत मुख्य सडक भएकाले गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग समन्वय गरिरहेको उनको भनाइ छ । चार लेन सडक निर्माणसँगै खजुरा बजारको मुहार फेरिँदै गएकाले सडक विस्तारकार्यले खजुरावासी उत्साहित भएको बताउँदै अध्यक्ष कक्षपतिले यो चार लेन सडकले बाँके र बर्दियाको विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे। रासस

प्रतिकृया दिनुहोस्

Flash News

सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनि वीक-२०२३’ प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै भाटभटेनीेमा वीरगंजवासीको उत्साहजनक सहभागिता, शुभारम्भका छुट यथावत ( भिडियोसहित) कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै