६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

Advertisement

हुम्ला । हुम्ला खण्डको उत्तरतर्फ नेपाल र चीनबीचका १५ वटा सीमा स्तम्भमा सीमा सुरक्षा चौकी (बीओपी) हिल्सामा सुरक्षाकर्मी पुगेपछि अनुगमन सहज भएको छ । पछिल्लो पटक सशस्त्र प्रहरी बलका एक टोली सीमा स्तम्भ नम्बर ४ मा पुगेपछि त्यस क्षेत्रका सबै स्तम्भमा नेपालका सुरक्षा निकायको पहुँच पुगेको हो ।

यसअघि केही स्तम्भमा सुरक्षाकर्मी पुगेको र केहीमा पुग्न नसकेका कारण सीमा स्तम्भको अवस्थाबारे स्पष्ट जानकारी लिन सक्ने अवस्था थिएन । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले हिल्सामा बीओपी स्थापना भएयता सबै सीमा स्तम्भ पहिचान गर्न सफल भएको बताए । यस क्षेत्रमा सीमा स्तम्भ स्थापनापछि सीमा स्तम्भ नम्बर ३, ४, ११ र १२ मा केही महिना अघिसम्म कुनै सरकारी निकाय पुगेका थिएनन् ।

एक वर्षको अवधिमा सरकारी पक्ष सबै स्तम्भमा पुग्न सफल भएको उनले बताए । अब सुरक्षा निकाय हुम्ला जिल्लाअन्तर्गत पर्ने सबै सीमा स्तम्भबारे जानकार रहेको र नियमित अनुगमन गर्न पनि सहज भएको उनले बताए । सबै सीमा स्तम्भमा सुरक्षाकर्मी पुग्न सफल हुँदा वर्षौंदेखि सीमा स्तम्भ कता छन् भन्ने कुराको अन्योल पनि हटेको छ ।सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रमुख तथा सशस्त्र प्रहरी नायब उपरीक्षक गेहेन्द्र भण्डारीका अनुसार हुम्लाअन्तर्गत पर्ने चारवटा सीमा स्तम्भ पाँच हजार मिटरभन्दा अग्ला स्थानमा रहेका छन् ।

यी स्थानमा पुग्न सुरक्षाकर्मीलाई निकै कष्ट गर्नु परेको बताउँदै उनले अबदेखि अग्ला स्थानका सीमा स्तम्भमा वर्षको एक पटक अनिवार्य रूपमा बीओपीको टिम अनुगमनमा पुग्ने र अन्य होचा स्थानका ११ वटामा भने नियमित जाने बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

Flash News

ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा