ताजा अपडेट »

लुम्बिनीमा मन्त्रीकाे लाइनमा रहेकी विमला वलीको ‘परपुरुषसँग चुम्बनको तस्वीर’ भाइरल

मंगलबार, ०१ भदौ २०७८, १७ : ५५
24 Shares

दाङ । लुम्बिनी प्रदेशकी सांसद विमला वली र वाइसीएल कार्यकर्ता एकराज बस्नेतको ‘निजी तस्वीर’ सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । तस्विर सार्वजनिक भएको केही समयमै बस्नेतले उक्त तस्विर फेसबुकबाट हटाएका छन् । सार्वजनिक भएसँगैे उक्त तस्वीर सामाजिक सञ्जाल र सञ्चार माध्यममा भाइरल भएको छ । तस्वीरमा वाइसीएल कार्यकर्ता बस्नेतलाई सांसद ओलीले चुम्बन गरेकी छन् ।

फेसबुक स्टोरीमा राखिएको उक्त तस्विरको बारेमा चौतर्फी चर्चा भएपछि केही समयमै हटाइएको हो । तस्वीरमा सांसद विमलाको सिउँदोमा सिन्दुरसहित बस्नेतलाई चुम्बन गरेकी छन् । उक्त तस्विर हालसालैको हो या, पुरानो हो भन्ने बारे स्पष्ट हुन सकेको छैन। विमला एमालेका तत्कालीन सांसद स्वर्गीय उत्तरकुमार वलीकी पत्नी हुन् । उत्तरकुमारको दुर्घटनामा निधन भएपछि उनलाई श्रीमानकै निर्वाचन क्षेत्रमा तत्कालीन नेकपाले उम्मेदवार बनाएको थियो ।

संसद ओली मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको सरकारमा मन्त्री बन्ने तयारीमा समेत छिन् । सरकार गठन भएको असोज २८ गते नै मन्त्री नियुक्त भई सपथ ग्रहण गर्ने भनिएपनि सत्तारुढ दलहरु बीच आन्तरिक छलफल नपुगेकाले पछि मात्रै मन्त्री नियुक्त गर्ने भनिएको थियो । कांग्रेस नेता केशव आचार्यलाई पराजित गर्दै विमला सांसद बनेकी थिइन् । लुम्बिनी प्रदेशमा एमालेको सरकार ढाल्न निर्णायक बनेकी विमला कहिले माओवादी त कहिले एमाले बनेर चर्चामा छिन् । उनी माओवादी बनेपछि लुम्बिनी प्रदेशमा एमाले सत्ताच्यूत बनेको थियो ।

यस विषयमा कुरा गर्दा बस्नेतले ग्लोबल आवाजसँग भने ‘अँ यार त्यो भो, लास्टै भो यो विषयमा पछि कुरा गरौंला तनावमा छु ।’ बस्नेतले यो भनाई राखेपछि फोन काटेका थिए । यस विषयमा सांसद वलीसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आइनन् । पटक–पटक फोन कल गरेपनि उनले फोन काटेकी थिइन् । नेकपा माओवादी,नेपाली कांग्रेस,जसपा र जनमोर्चाको गठबन्धनबाट लुम्बिनीमा बनेको नयाँ सरकारमा मन्त्रीको लाइनमा रहेकी ओलीको ‘परपुरुषसँगको चुम्बन तस्वीर’ ले तरङ्ग ल्याएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।