५ कार्तिक २०७८, शुक्रबार

Oct 22, 2021

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका–८ पुवाँरेभञ्ज्याङको भिरबाट लडेर गए राति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतामाई गाउँपालिका–८ डिल्लीबरगाउँका ३० वर्षीय चन्द्रबहादुर रिखाम मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पुवाँरेबाट घरजान डिल्लीबरतर्फ लाग्दा अग्लो भिरबाट लडेर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

आज बिहान स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । इलाका प्रहरी रौताको टोली घटनास्थल पुगेर सर्जिमिन मुचुल्का गरी स्वास्थ्य परीक्षणका लागि शवलाई जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको बताइएको छ । मृतक मगर राति कुन समयमा किन र कसरी लडे भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकृत बेदप्रसाद गौतमले बताए । -रासस

Advertisement

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

नेपालकै तेस्रो ठूलो विद्युत सवस्टेशनको परिक्षण सफल रुपन्देहीमा लाखौँको अबैध काठ बरामद चितवन घटनाले उब्जिएका प्रश्नहरु अदालती मिलापत्रमा विश्वास घट्यो कोभिडबाट १ लाख २० हजार स्वास्थ्यकर्मीको मृत्यु रामपुरको छाङ्दी झरनामा पर्यटकको आकर्षण सडक विस्तारः तनहुँ खण्डमा सात हजार रुख काटिने माटाका भाँडा बनाउने कुमालेलाई भ्याइनभ्याइ स्वास्थ्यकर्मीलाई कोभिडको खोप उपलब्ध गराउन विश्व स्वास्थ्य सगठनको आग्रह लयमा फर्किँदै बागलुङका पर्यटन व्यवसाय जुवाखालबाट पक्राउ परेका वडाअध्यक्ष छुटे दसैं सकियो, गाउँ रित्तियो विकास आयोजनाको प्राविधिक परीक्षणमा कर्मचारी र बजेटको अभाव चीनले आक्रमण गरे ताइवानको रक्षा गछौंः अमेरिका बाढीपहिरो पीडितका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्छौँः प्रधानमन्त्री देउवा मकालु बेसक्याम्प घुम्न गएका एक युवकको मृत्यु, तीन दिनपछि सार्वजनिक प्रदेश १ का मुख्यमन्त्री आचार्य विश्वासकाे मत लिँदै एमाले अधिवेशन : ओलीले एकसाथ ७५३ वटै पालिकालाई सम्बोधन गर्ने श्रीमान विदेशबाट फर्केको अर्कोदिन श्रीमतीको मृत्यु ‘केजिएफ २’मा यशसँग नोराको रोमान्स