१९ चैत्र २०७९, आईतवार

Apr 2, 2023

बुटवल । लुम्बिनीमा गठबन्धन दलले माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री बनाउन दाबी पेस गरेसँगै आन्तरिक छलफलमा जुटेका छन् । अब बन्ने नयाँ सरकारमा आफ्नो दलका तर्फबाट सरकारमा पठाउने सदस्यहरुको नाम छनोटका लागि दलहरु छुट्टाछुट्टै छलफलमा जुटेका हुन् ।

नयाँ सरकार गठनका दाबी पेस गर्न प्रदेश प्रमुखले दिएको समयसीमा दिउसो ३ बजे सकिँदै छ । सरकारको नयाँ नेतृत्वको लागि ४२ सांसदको हस्ताक्षरसहित दावी पेस गरेका छन् । गठबन्धनमा सहभागी तीनै दल माओवादी, कांग्रेस र जसपाबाट एक÷एकजना मन्त्री बनाउने तयारी गरिएको छ । मुख्यमन्त्रीको नियुक्तिलगत्तै चार सदस्यीय मन्त्रिमण्डल गठनको तयारी गरिएको माओवादी नेता सुदर्शन बरालले जानकारी दिए ।

पहिलो चरणमा नेपाली कांग्रेसबाट डिल्ली चौधरी, फखरूद्दिन खान, वीरबहादुर रानामध्ये एकजना, माओवादीबाट सुदर्शन बराल, दामा शर्मा र तुलाराम घर्तीमध्ये एकजना र जसपाबाट सहश्राम यादव मन्त्री बन्ने बताइएको छ । कांग्रेसबाट पहिलो प्राथमिकतामा दाङबाट निर्वाचन जितेका डिल्ली चौधरी परेका छन् । एक सांसद रहेर गठबन्धनमा बसेको जनमोर्चा भने तत्काल सरकारमा सहभागी नहुने भएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार रुकुममा ५ थान भरुवा बन्दुक बरामद दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले राखे दुई लाखको अक्ष्यकोष कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ? मोदी इनर्जीको आईपीओ बाँडफाँट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा चलचित्र ‘बहाव’को टिकट किन्दा निःशुल्क थाइल्याण्डकाे प्याकेज लुम्बिनीको अन्तर्राष्ट्रिय सभाहलमा पानी चुहियो, मर्मत नभएसम्म विल भुक्तानी रोक्का प्रतिनिधिसभा सदस्यको मञ्जु शर्मा अन्सारीले लिइन् शपथ सुनको मूल्य घट्दा चाँदीको बढ्यो