Mar 23, 2023
बुटवल । लुम्बिनी प्रदेशको आजका लागि आह्वान गरिएको विशेष अधिवेशन अन्यौलमा देखिएको छ । सत्तारुढ दल नेकपा (एमाले)ले अधिवेशन बारे प्रश्न उठाउँदै अवरोध गर्न सक्ने संकेत देखिएको छ । आज विहान बसेको एमाले संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिँदै प्रमुख सचेतक भूमिश्वर ढकालले विशेष अधिवेशन चल्न दिने नदिने बारेको सम्पूर्ण निर्णय गर्ने अधिकार मुख्यमन्त्री शंकर पोखरेललाई दिइएको जानकारी गराए ।
प्रदेश प्रमुख र प्रदेश सभाले विधि र प्रक्रिया विपरित संसद अधिवेशन आह्वान गरेको बताउँदै ढकालले आजको बैठक चल्न नचल्नेबारे केही भन्न नसकिने अवस्थामा रहेको बताए । ‘अहिलेसम्म कार्य परामर्श समितिको बैठक बसेको छैन, हामीलाई कुनै जानकारी गराइएको पनि छैन, -ढकालले आजको संसद वहिस्कार हुनसक्ने संकेत गर्दै भने ।
प्रतिकृया दिनुहोस्