२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले हालसम्म २५६ खरका छाना विस्थापित गरी जस्तापाता लगाइदिएको छ । वालिङ नगरपालिका तथा सङ्घीय आयोजना कार्यान्वयन एकाई अन्तर्गतको सुरक्षित नागरिक आवास कार्यक्रममार्फत खरका छाना विस्थापित गरी जस्तापाता लगाइएको हो । वालिङ नगरकार्यपालिकाको पाँचौं नगरसभाले नगरभित्रका खरका छाना हटाएर जस्तापाता लगाउने नीति तथा कार्यक्रम पारित गरेसँगै आर्थिक वर्ष २०७६/७७ देखि कार्यान्वयनमा आएको यो अभियान अन्तर्गत हालसम्म २५६ खरका छाना हटाएर जस्तापाता लगाइएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।

Advertisement

स्वास्थ्यका दृष्टिले जस्तापाता भन्दा खरको छानो उपयुक्त हुँदाहुँदै पनि आगलागीको सम्भावना तथा छाना छाउने दक्ष कामदारको अभावका कारण नगरपालिका तथा सुरक्षित नागरिक आवास कार्यक्रममार्फत जस्तापाता लगाइएको नगर प्रमुख खाँणले बताए । “कतिपय नागरिक खरको छाना फेरेर जस्तापाता लगाउन सक्ने अवस्थामा पनि हुनुहुन्न”, नगर प्रमुख खाँणले भने, “खरका छाना भएका नागरिकलाई समाजमा हेर्ने प्रवृत्ति पनि फरक हुने गरेकाले उनीहरुको मागका आधारमा जस्तापाता लगाइदिँदै आएका छौं ।”

छाना विस्थापनका लागि माग भई आएका नागरिकलाई आवश्यक प्रक्रिया पूरा गरी जस्तापाता वितरण गर्ने र वालिङलाई खरका छानारहित बनाउनका लागि बाँकी रहेका घरलाई यसै वर्षमा सम्पन्न गर्ने गरी अगाडि बढिएको नगर प्रमुख खाँणले बताए । वालिङ नगरपालिकामा हालसम्म खरको छाना विस्थापनका लागि ४३१ घरले आवेदन दिएकामध्ये सुरक्षित नागरिक आवासका कार्यक्रमका लागि २५४ मध्ये २४० घरधुरीले मात्रै सम्झौता गरेर निर्माण थालेका नगर प्रमुखको सचिवालयका सचिव छबि आलेले बताए ।

“आवेदन दिएकामध्ये सबै घरले सम्झौता गर्नुभएको छैन”, आलेले भने, “दुई किस्तामा गरेर लाभग्राहीलाई ५० हजार उपलब्ध गराउँछौं ।” सुरक्षित नागरिक आवासका लागि सम्झौता भएका २४० घरमध्ये हालसम्म १०६ घरले दोस्रो किस्ता निर्माण सकेपछि लगेका छन् । हालसम्म वालिङ नगरपालिकाबाट अहिलेसम्म १५० घरले रु ७५ लाख बराबरको जस्तापाता लगेका छन् भने सुरक्षित नागरिक आवास कार्यक्रममार्फत १०६ घरले रु ५० हजार रकम बुझेका आलेले बताउनुभयो । नगरपालिकामा आवेदन दिएका ४३१ घरमध्ये १७५ घर निर्माण हुन बाँकी रहेका छन् । प्रति घरलाई रु ५० हजारका दरले हालसम्म रु एक करोड २७ लाख खर्च भएको आलेले बताए ।

नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ बाट शुरुआत गरेको अभियानमा गत आर्थिक वर्षबाट सुरक्षित नागरिक आवास कार्यक्रममार्फत सहयोग भएको हो । खरका छाना भएका घरधनीले सम्बन्धित वडाको सिफारिस, छानोको फोटोसहितको निवेदन नगरपालिका कार्यालयमा दिएपछि प्राविधिकले तयार पारेको लगत ईस्टिमेटका आधारमा जस्तापाता उपलब्ध गराउने प्रक्रिया रहेको आलेले बताउनुभयो । १४ वटा वडा रहेको नगरपालिकाका वडा नं २ मा ३, ३ मा ४८, ४ मा ५२, ५ मा ३९, ६ मा २१, ७ मा ४८, ८ मा २८, ९ मा ६, १० मा १५, ११ मा ९, १२ मा ५६, १३ मा १७ र १४ मा ८९ घरले खरका छाना विस्थापनका लागि नगरपालिकामा आवेदन दिएका थिए । -रासस

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने