२० जेष्ठ २०८०, शनिबार

Jun 3, 2023

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र बनाइने भएको छ । एशियाली विकास बैंकको रु ५२ करोड सहुलियत ऋण सहयोगमा क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत केन्द्र निर्माणकार्य हुन लागेको हो । यसका लागि कृष्ण सामुदायिक वनको १४ बिघा ३० कट्टा जग्गाको भोगाधिकारका लागि वन मन्त्रालयमा निवेदन पेश गरिएको छ । निवेदन स्वीकृत भएपछि निर्माणले गति लिने भएको छ ।

Advertisement

गत फागुनमै केन्द्र निर्माणका लागि ठेक्का सम्झौता भए पनि मन्त्रालयले वनको भोगाधिकार नदिँदा निर्मार्ण अगाडि बढ्न नसकेको नगर प्रमुख दिलबहादुर ऐरले जानकारी दिए । “मन्त्रालयमा पेश गरिएको निवेदन छिट्टै स्वीकृत हुने अश्वासन पाएको छु” उनले भने, “अब कार्यले गति लिन्छ ।” यसका लागि विस्तृत आयोजना प्रतिवेदन९डिपिआर० र प्रारम्भिक वातावरणीय परक्षिण(आइइए)लगायत पूरा भएका छन् ।

माटो परीक्षणको कार्यसमेत गरिएको छ । कुहिने र नकुहिने फोहरलाई छुट्ट्याइ मेसिनको सहायताले प्रशोधन गरी कम्पोष्ट मल तयार गर्ने र बायोग्यास उत्पादन गर्नका लागि पक्की संरचना निर्माण गरिने बताइएको छ । वातावरणमा असर नपर्ने गरी केन्द्रका लागि संरचना निर्माण हुनेछन् । “एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण भएपछि रोजगारीमा वृद्धिसँगै नगरपालिकाको राजस्वमासमेत वृद्धिहुन्छ” नगरपालिकाका इञ्जिनीयर दीपक धामीले भने, “नियमित फोहर सङ्कलनको कार्य हुने भएकाले नगर सफासुग्घर हुनुका साथै विभिन्न सरुवा रोगबाटमुक्ति मिल्छ ।”

उहाँका अनुसार शुक्लाफाँटा नगरपालिका क्षेत्रबाट झण्डै तीन टन बढी फोहर सङ्कलन हुने गरेको छ । नगरपालिकामा कार्यरत सरसफाइ कर्मचारीले फोहर सङ्कलन गरी एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि छनोट गरिएको स्थानमा फाल्ने गरेका छन् । केन्द्र निर्माण हुने क्षेत्रका प्रभावित बासिन्दाका लागि नगरपालिकाले सडकमा ग्राभेल तटबन्ध निर्माण, सामुदायिक वन क्षेत्रमा तारवार गर्ने कार्यलाई अगाडि बढाएको छ । आव २०७५/७६ मा रु पाँच लाखको लागतमा वनहरा नदी नियन्त्रणका लागि तटबन्ध निर्माण र रु नौ लाख ५० हजारको लागतमा सडक निर्माणसँगै ग्राभेल हाल्ने पूरा गरिएको छ ।

यसैगरी, आव २०७७÷७८ मा सामुदायिक वन क्षेत्रमा तारजाली लगाउनका लागि नगरपालिकाले रु १८ लाख बजेटको व्यवस्था गर्नुका साथै रु दुई लाखको लागतमा स्यालो टयुबेल जडान गरिएको छ । बैंकको सहुलियत ऋण सहयोगमा नगरपालिकामा केन्द्र निर्माणकार्यसँगै रु २७ करोड ८७ लाखको लागतमा नगरपालिका क्षेत्रको चार दशमलव ७ किलोमिटर क्षेत्रमा नालीसहितको कालापत्र सडक निर्माण सुरु गरिएको छ । तीन खण्डमा विभाजन गरी सडक निर्माण अगाडि बढाइएको छ । यसैगरी सोही कार्यक्रम अन्तर्गत रु ११ करोड २० लाखको लागतमा अत्याधुनिक नगरपालिका कार्यालय भवन निर्माण अगाडि बढाइएको छ । -रासस

प्रतिकृया दिनुहोस्

Flash News

बिश्वका केन्द्रिय बैंक बिच सुन किन्ने प्रतिस्पर्धा सुरु, १७६ प्रतिशतले बढ्यो खरिद सार्वजनिक जग्गाका घरटहरा हटाएर १५ सैयाको अस्पताल बनाउन सुरु उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा-मुम्बई रेल उदघाटन स्थगित यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !! प्रधानमन्त्री प्रचण्ड आज दिउँसो ४ बजे स्वदेश फर्कने आजको मौसमः अत्याधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुराेध रेशमको कथा पश्चिम नवलपरासीमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भिर घाईते पाल्पाको दाेभान माध्यमिक विद्यालयमा एक दिवसीय अभिभावक शिक्षा गुल्मीमा सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकले नै लिन्छन् दोहेरो, त्यहोरो सुविधा एमालेका ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी, लुम्बिनीमा पद्मा अर्याल तिलाेत्तमाकाे आनन्दवन शंकरनगर खानेपानीले दिएको कम्पाेष्ट बिनकाे प्रयाेग प्रभावकारी भएन बुटवलमा अवैध मलको कारोबार : अनुगमन टोली पुग्दा ‘मुख्य सप्लायर्स’ सुव एग्रोभेटका सञ्चालक टाप भानु माविमा अन्तरक्रिया सम्पन्न नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता, आइतबार पेसी डोटीमा शंकास्पद वस्तु फेला बच्चा जन्माउन नसक्दा महिलाकाे मृत्यु गुल्मीको मुसिकोटमा विपन्न परिवारका छोराछोरी यसरी बन्दै छन् इन्जिनीयर कार्यकर्ता पढाउन थाले माओवादी नेता