२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्नका लागि एक वर्ष समय थप गरिएको छ । राष्ट्रिय गौरवको योजनाअन्तर्गत विमानस्थल २०२१ जुलाई १० मा सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोेभिड–१९ का कारण समयमै निर्माण कार्य सम्पन्न गर्न समस्या भएपछि २०२२ को जुलाई १० सम्म समय थप गरिएको आयोजना प्रमुख विनेश मुनाकर्मीले जानकारी दिए । 

Advertisement

उनले भने, “हामीले समयमै सम्पन्नका लागि द्रूत गतिमा काम गरेका छौँ तर कोभिड–१९ को कारण बाहिरबाट ल्याउनुपर्ने जनशक्ति र केही इक्युमेन्टको कारणले समय धकेलिन पुग्यो ।” उनले विमानस्थल सञ्चालनका लागि विमानस्थल पूर्वमा रहेको अग्लो डाँडा र ल्याण्डफिल साइड हटाउने कार्य पनि समस्याको रुपमा रहेको र यसबारेमा पनि कार्य अघि बढेको जानकारी दिए ।

उनका अनुसार विमानस्थल निर्माणका लागि ७०० जति जनशक्ति रहेकामा अहिले पनि ४०० को हाराहारीले काम गरिरहेकाका छन् । चीनको सिएएमसी इञ्जिनीयरिङ कम्पनीले निर्माण कार्यको जिम्मा पाएको सो विमानस्थल कूल रु २२ अर्ब चिनियाँ ऋण सहयोगमा सन् २०१७ को नोभेम्बर महिनादेखि शुरू भएको र  सन् २०२१ जुलाई १० सम्म सक्ने गरी सम्झौता भएको थियो । 

आयोजनका इञ्जिनीयर मिनराज ओझाका अनुसार हालसम्म विमानस्थलको ८२ प्रतिशत काम सकिएको छ । फिनिसिङ, लाइट हाल्ने, इलेक्ट्रिफिकेसन, इक्युवमेन्ट जडान, पाइपलाइन विच्छ्याउने तथा भित्री सडकका काम भइरहेका छन् । उनले हालसम्म रन वे, ट्याक्सी पार्किङ, टर्मिनल भवन, एप्रोन, टावर, नाला निर्माण, ह्याङ्गरसँगै रनवे लाइट, ट्याक्सी लाइट, एप्रोज लाइटलगायत १४ वटा संरचनाको फिनिसिङ कार्य भइरहेको जानकारी दिए । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १४ हजार ६०० स्क्वायर मिटरमा बन्नेछ । आठ हजार ६०० स्क्वायर मिटर अन्तर्राष्ट्रिय उडानका लागि र छ हजार स्क्वायर मिटर आन्तरिक उडानका लागि गरी १४ हजार ६०० स्क्वायर मिटरको टर्मिनल भवन निर्माण हुन लागेको हो । 

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि विसं २०३२ देखि अधिग्रहण गर्ने कार्य शुरु भएको र जम्मा तीन हजार १०६ रोपनी जग्गाको मुआब्जा दिई अधिग्रहण गरिएको थियो । त्यससँग आउटर पेरीफेरी रोड, ग्लाइड पथ, एप्रोज लाइट, मिटरोलोजिकल -याडर, घर स्टेशनको लागि जग्गा र घरटहरा अधिग्रहण कार्य भएको छ । विमास्थलले जम्मा तीन हजार ७९९ रोपनी क्षेत्रफलमा रहेको छ । रासस

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने