२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

बुटवल । रुपन्देहीलाई कार्यक्षेत्र बनाएर बुटवलबाट पत्रकारिता गर्दै आएका दुई जना पत्रकार सम्मानित भएका छन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशको तेस्रो स्थापना दिवसको अवसरमा पत्रकार भगवती पाण्डे र तेजेन्द्र केसी नगदसहित सम्मानित भएका हुन् ।

Advertisement

उनीहरुलाई लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, रिपोर्टर्स क्लब नेपालका केन्द्रीय सभापति ऋषि धमला लगाएतले टिका, दोसल्ला, नगद र प्रमाण पत्रसहित सम्मान गरिएको थियो । लामो समयदेखि बुटवलबाट पत्रकारिता गर्दै आएकी पाण्डे सेतोपाटी अनलाइनकी रुपन्देही सम्वाददाता र लुम्बिनी टेलिभिजनकी समाचार प्रमुख हुन् ।

त्यसैगरी दशक बढीदेखि पत्रकारिता गर्दै आएका युवा पत्रकार केसी रातोपाटी अनलाइनका लुम्बिनी व्यूरो प्रमुख हुन् भने जनसंघर्ष साप्ताहिकका उपसम्पादक हुन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनीले गत वर्षदेखि पत्रकारिताका क्षेत्रबाट योग्दान पुर्याउँदै आएकाहरुलाई सम्मान गर्दै आएको निरन्तरता दिँदै दुई जनालाई सम्मान गरिएको क्लबका अध्यक्ष रामकुमार क्षेत्रीले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने