ताजा अपडेट »

गणित विषयमा परियोजना लेखन कार्यशाला हुने

सोमबार, २० साउन २०७६, १२ : २८
8 Shares

साउन २०,
बुटवल । नेपाल गणित समाजद्वारा आगामी भाद्र २७ गतेदेखि ४ दिने ‘प्रोजेक्ट वर्क राईटिङ इन म्याथम्याटिक्स-२०१९’को आयोजना हुने भएको छ । चितवनको भरतपुरमा आयोजना हुने सो कार्यक्रममा नेपालका विभिन्न क्याम्पसहरुबाट प्राध्यापकहरुको सहभागिता रहने समाजका सभापति प्राध्यापक डा. चेतराज भट्टले जानकारी गराए ।

चार दिनसम्म आवासीय रुपमा चल्ने उक्त कार्यक्रममा गणित विषय सम्बन्धि परियोजना लेखनका विविध पक्षहरुमा विषय विज्ञ, सहजकर्ता एवम् सहभागी प्राध्यापक बीच छलफल तथा अन्तरक्रिया हुने समाजका सचिव डा. दिनेश पन्थीले बताए । कार्यशालामा सहभागिताका लागि विभिन्न कलेजहरुमा पत्रचार गरिएको उनले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।