१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

आफ्नो पानी बिजुलीको कार्ड देखाउँदै सुकुम्बासी बस्तीका बासिन्दाहरु ।

साउन १९,
ग्लोबल आवाज

Advertisement

बुटवल । बुटवल उपमहानगर वडा नम्बर १७ रानीगन्जमा रहेको सुकुम्बासी बस्तीमा हुकुम्बासीहरुले गिद्धेदृष्टी लगाएका छन् । झण्डै ३ सय घरपरिवार सुकुम्बासी बस्ती रहेको जनशक्ति टोल र जनसंघर्ष टोल अन्तर्गत रहेको करिब १० बिगाहा १० कट्टा जग्गा केही भूूमाफियाहरुको सक्रियतामा कब्जा गर्ने प्रयत्न भएको छ । स्थानीय केही भूूमाफिया र जनप्रतिनिधि सम्मिलित हुकुम्बासीको समुहले किर्ते जालसाजी गरि सुकुम्बासी बस्तीको उक्त जग्गा हडप्न खोजेको छन् ।

साविक मोतिपुर गाविस वडा नम्बर १ रानीगन्ज अन्तर्गत नेपाल सरकारको नाममा रहेको प्लट १ (क) कित्ता नम्बर ४७ को कुल १ सय ११ बिगाहा १३ घुरमध्ये करिब १० बिगाहा १० कट्टा जग्गा केही ब्यक्तिहरुले नक्कली कागजपत्र बनाई लालपुर्जा निकाल्ने प्रयास भैरहेको स्थानीयले बताएका छन । बुटवल १ निवासी राजेशमान श्रेष्ठको नाममा नक्कली वारेस खडा गरि स्थानीय केही ब्यक्ति र जनप्रतिनिधीहरुको समेत मिलोमतोमा उक्त जग्गा कब्जा गरि त्यहाँका वास्तविक सुकम्बासीलाई बिस्थापित गर्ने षडयन्त्र भैरहेको सुकुम्बासीहरु बताउँछन ।

स्थानीय हरिलाल न्यौपाने, लालु खड्का, चिन्तामणी पाण्डे, गोपाल पाण्डे लगाएतका ब्यक्तिहरुले उक्त जग्गा हडप्ने उद्देश्यले बिभिन्न प्रपन्च रचेको, मालपोत कार्यालय, नापी कार्यालय लगाएतका निकायमा नक्कली लगत खडा गर्ने प्रयत्न गरेको भन्दै उक्त कार्य रोक्नका लागि प्रधानमन्त्रीको कार्यालयदेखि अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयसम्म बिभिन्न निकायमा उजुरी गरिएको गौतम बुद्ध जनसंघर्ष टोल बिकास समितिले जनाएको छ । उक्त जग्गा तत्कालिन श्री ५ को सरकारको नाममा कायम भएको र उक्त जग्गामा बिगत डेढ दशकदेखि सुकुम्बासी बस्दै आएकोले उक्त जग्गा सुकुम्बासीकै हुनुपर्ने दावी समितिले गरेको छ ।

बिगत १५ वर्षदेखि सुकुम्बासी बस्तीमा घरटहरा बनाई बसोबास गर्दै आएका ब्यक्तिहरुलाई जग्गा हडप्न खोज्ने तत्वले रातीमा आई धम्काउने, तर्साउने गरेको, यो जग्गा हाम्रो हुँदैछ तिमिहरुले छोड, नत्र हामी जबरजस्ती हटाउछौं भन्दै धाकधम्की दिने लगाएतका कार्यहरु गर्दै आएको स्थानीय गौतम बुद्ध जनसंघर्ष टोल बिकास समितिका प्रेमसागर तिवारीले बताए । तत्काल उक्त सुकुम्बासी बस्ती नछोडे सुकुम्बासीमा बिभिन्न ब्यक्तिहरुलाई भौतिक कारबाही गर्ने समेत धम्की दिएको र भुमाफियाहरुले सुकुम्बासीहरुलाई बिस्थापित गरि जग्गा हडप्न खोजेको तिवारीले उल्लेख गरे ।

उक्त जनशक्ति टोल अन्तर्गत जनसंघर्ष टोलमा करिब ३ सय सुकुम्बासी घर सहित गौतम बुद्ध बिहार, शिवालय मन्दिर, सामाजिक भवन, ज्ञान घर, समिति भवन लगाएतका संरचना आदी रहेको तिवारी बताउछन । सरकारले बिजुली, पानी, बाटो, घाटो सबै ब्यबस्था गरेको र अव सुकुम्बासीहरुले लालपुर्जा पाउने अपेक्षा गरिरहेको बेलामा यस प्रकारको खबरले सम्पुर्ण सुकुम्बासी बस्तीमा त्रास छाएको पनि तिवारीले बताए । पानी बिजुलीको कार्ड समेत आफूूहरुसँग रहेको भन्दै उनिहरुले उक्त जग्गा हडप्न खोज्ने माथि तत्काल छानविन गरि कारबाही गर्न पनि माग गरेका छन ।

प्रतिकृया दिनुहोस्

Flash News

इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण