ताजा अपडेट »

तिनाउमा विविध प्रतियोगिता

शुक्रबार, १७ साउन २०७६, १९ : ३९
10 Shares
शुक्रबार, १७ साउन २०७६
10 Shares


साउन १७,
ग्लोबल आवाज
बुुटवल । तिनाउ इ. बो. स्कूलमा विद्यालयको नियमित शुक्रबारीय साप्ताहिक कार्यक्रम अन्र्तरगत विभिन्न प्रतियोगिताहरु सम्पन्न भएका छन् । जस अन्तरगत तिनाउ ई. सोसाइटीको आयोजनामा कक्षा १–९ सम्म अंग्रेजी निवन्ध लेखन प्रतियोगिता , तिनाउ सचेतना क्लबको आयोजनामा “लागुपदार्थ दुव्र्यसन“ विषयमा खुुल्ला स्तरीय वक्तृत्वकला सम्पन्न भएको छ । त्यसैगरी पूर्व प्राथमिक तहमा “तातो आलु“ खेल प्रतियोगिता सम्पन्न भएको थियो ।


विद्यालयका अध्क्षय यज्ञमुर्ती पाण्डेको अध्यक्षता तथा विद्यालयकी प्राचार्य सिता पाण्डेको अध्यक्षतामा सम्पन्न विभिन्न प्रतियोगिताहरुमा विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुुख वेद प्रसाद न्यौपाने, तिनाउ सचेतना क्लबका इन्चार्ज नारायण ज्ञवाली , र्नसरी इन्चार्ज लिला शर्मा , एल.के.जी र यू. के.जी इन्चार्ज हेकुमारी थापा लगाएतले समायोजन गरेका थिए । भक्रार्यक्रमको सञ्चालन कक्षा ९ सनका साजन मल्लले गरेका थिए ।

खुल्ला वक्तित्वकला प्रतियोथितामा माछापुच्छ«े सदनकी नमिता थापा ८ स्टार, अन्नपूर्ण सदन सदनकी अंशु श्रेष्ठ, सगरमाथा सदनकी बर्षा पैडेल ८ स्टार क्रमशः प्रथम द्धितिय तृतिय भएका छन् । प्रतियोगिताहरुमा प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्न सफल सम्पूर्ण प्रतियोगीहरुलाई विद्यालयका अध्क्षय यज्ञमुर्ती पाण्डे र विद्यालयकी प्राचार्य सिता पाण्डेले अविर तथा पुरस्कार प्रदान गरेका थिए । यस्ता कार्यक्रम आयोजना गर्दै विद्यार्थीहरुको प्रतिभाको विद्यालयले कदर गर्ने विद्यालयका सहप्राचार्य इश्वरी पाण्डेले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।