ताजा अपडेट »

संजीवनीमा पब्लिक हेल्थका विद्यार्थीका लागि तालिम

शुक्रबार, १७ साउन २०७६, १९ : ०६
8 Shares


साउन १७,
ग्लोबल आवाज
बुटवल । संजीवनी कलेज अफ मेडिकल साइन्सेज, बुटवलमा व्याचलर अफ पब्लिक हेल्थ छैटौं सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुले दुई दिने तालिम सम्पन्न गरेका छन् । साउन १६ गते महिनावारी सरसफाई व्यवस्थापन तथा १७ गते इन्टरनेट लत र यसको स्वास्थ्य र शिक्षामा पर्ने प्रभावका विषयमा कलेजका दोश्रो सेमेष्टरका विद्यार्थी र रुपन्देही जिल्लाका दश वटा माविका साइन्स कक्षा बाह्रमा पढ्ने गरी कुल चालिस जनालाई प्रशिक्षण दिइएको हो ।

समापन समारोहका प्रमुख अतिथि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदका उपनिर्देशक महेश बरालले सहभागि प्रशिक्षकहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । उद्घाटन तथा समापन सत्रको अध्यक्षता क्रमशः आश्रित श्रेष्ठ र शारदा शर्माले गरेका थिए भने सञ्चालन प्रकाश पौडेल र समिक्षा अर्यालले गरेका थिए ।

सो तालिम कार्यक्रममा कलेजका प्रमुख दिपक रोका, प्रिन्सिपल सुमित्रा कोइराला, तालिम संयोजक मदन पन्थी, प्रशासकीय अधिकृत राजु अर्याल तथा अन्य पब्लिक हेल्थका कोअर्डिनेटर र लेक्चररहरुले आफ्ना भनाई राखेका थिए । तालिमको सहजिकरण छैटौं सेमेष्टरका विद्यार्थीहरुले गरेका थिए । तालिमका सहभागिहरुले आफूहरु तालिमबाट धेरै कुराहरु लगाएत तालिम संचालन विधी समेत प्रभावकारी रुपमा सिकेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।