१७ माघ २०७९, मंगलवार

Jan 31, 2023

बुटवल । ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार–२०२०’ पत्रकार सञ्जु पौडेलले प्राप्त गरेकी छन् । पत्रकारिताको माध्यमबाट समाज परिवर्तनमा विशेष भूमिका निवार्ह गरेको भन्दै रोटरी क्लब अफ रुपन्देहीले उनलाई सम्मानसहित पुरस्कृत गरेको हो । पौडेललाई एक समारोहका बीच सम्मान गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो । गत वर्षदेखि स्थापित पुरस्कार कोरोना महामारीका कारण रोकिएको थियो । दोसल्ला,सम्मानपत्रसहित पौडेलले नगद रु ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेकी छन् । उनी कान्तिपुर दैनिकमा कार्यरत छन् ।

Advertisement

पौडेललाई रोटरी क्लब अफ रुपन्देहीका इमिडियट पास्ट लेडी सृष्टि अधिकारी , इमिडियट पास्ट प्रेसिडेन्ट गौतम भुसाल र रोटरी ईन्टरनेशनल डिस्टिक्रट ३२९२ नेपाल -भुटानका डिस्टिक्रट गभर्नर इलेक्ट जितेन्द्र बहादुर भण्डारीले संयुक्त रुपमा दोसल्ला र सम्मान पत्रले सम्मान गर्दै चेक प्रदान गरि पुरस्कृत गरेका थिए । सामाजिक सेवामा समर्पित हुँदै आएको रुपन्देहीको तिलोत्तमा स्थित रोटरी क्लब अफ रुपन्देहीले रुपन्देहीमा रहेर सामाजिक क्षेत्रमा सक्रिय रुपमा कलम चलाएकामा पौडेललाई पुरस्कार प्रदान गरिएको बताउँदै आगामी वर्षहरुमा पनि निरन्तरता दिइने पुरस्कार छनोट समितिका संयोजक बिष्णु पौडेलले बताए ।

विगत ९ वर्षदेखि सामाजिक सेवामा समर्पित हुँदै आएको रुपन्देहीको तिलोत्तमा स्थित रोटरी क्लब अफ रुपन्देहीले स्थापना गरेको पत्रकारिता पुरस्कारबाट सम्मानित हुने उनी पहिलो पत्रकार रहेको क्लबका वर्ष २०२०/२१ का अध्यक्ष गौतम भुसालले बताए ।

उनले भने, म आफैँ पनि बिगत १०वर्षदेखि सञ्चार क्षेत्रसँग आवद्ध रहेको र सामाजिक संघ–संस्थाहरुका गतिविधिहरु सञ्चारकर्मीहरुलेनै आम जनमानसमा सहजै पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने हुँदा आफ्नै कार्यकालमा सामाजिक पत्रकारिता पुरस्कार स्थापना गर्ने सोँच अनुरुपनै स्थापना गरेका हौं।’ पुरस्कार क्लबका निवर्तमान अध्यक्ष गौतम भुसालले आफ्ना स्वर्गिय हजुरबुवा–हजुरआमाको स्मृतिमा स्थापना गरेका हुन् ।

पुरस्कार ‘विश्व स्वतन्त्र पत्रकारिता दिवस’को अवसरमा क्लबका तर्फबाट हरेक वर्ष एक जना पत्रकारलाई प्रदान गरिने क्लबले जनाएको छ ।पत्रकार पौडेललाई पनि गत ‘विश्व स्वतन्त्र पत्रकारिता दिवस’को अवसरमा चयन तथा पुरस्कृत गरिने घोषणा गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

वैचारिक कम्यूनिष्ट पार्टी बनाउन समाजवादीले नेतृत्व गर्छ : खतिवडा अर्थमन्त्री पौडेलले जारी गरे कम्तिमा साढे २४ अर्ब बचाउने निर्देशिका (पूर्णपाठसहित) अन्तर मावि दौड : आयोजक देवदह माविका सन्तु थापा पहिलो मणिमुकुन्द रनिङ शिल्ड भलिबल माघ २४ देखि, ४ प्रदेशका ११ समूह भिड्दै लुम्बिनी प्रदेशमा १० मन्त्रालय रहने होराइजन स्पोर्टस् पुरूष भलिबलमा प्रथम, महिला भलिबलमा द्वितीय धनगढीबाट ब्राउनसुगरसहित एक युवक पक्राउ पाठेघर खसेका ३२ महिलाको निःशुल्क उपचार गरिदिने हलेसी तुवाचुङको तयारी सन्दिपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन “बापू”को आगमनले उत्साहित लुम्बिनीका व्यवसायी, ९० प्रतिशत होटल बुक पोखरा जहाज दुर्घटना: छ जनाको डिएनए परीक्षण सुरू अन्तर बैंक एटीएम शुल्क घट्याे क्यान बोर्ड बैठक- अध्यक्षसहित पाँच जनाको राजीनामा माग्दै सात केन्द्रीय सदस्यले छाडे बैठक कक्ष फैसलाको पूर्णपाठ आएपछि मात्र माओवादीले गृहमन्त्रीबारे निर्णय गर्ने माइकलको बायोपिकमा माइकल ज्याक्सन बन्दै जाफर लिदी पहिरोबाट विस्थापित ४१ घरधुरीले पाए जग्गाधनी पुर्जा नेतृत्वप्रति वितृष्णा कथनी र करनी बीचको अन्तरको प्रतिफल एसियन हाइड्रोपावरकाे २७ माघदेखि आईपीओ खुल्ने पालिकाबाटै सीसी क्यामेराले रोहिणीको निगरानी गृहमन्त्री पदले साझेदारमा खटपट : रविको प्रस्तावमा सकारात्मक देखिएनन् प्रधानमन्त्री