ताजा अपडेट »

एमाले केन्द्रिय कमिटीको बैठक सुरु, १४ औं भनिएको बैठकमा १० औंको ब्यानर

सोमबार, ०४ साउन २०७८, १२ : १४
12 Shares

बुटवल । नेकपा एमाले केन्द्रिय किमिटीको बैठक सुरु भएको छ । तुलसीलाल स्मृति प्रतिष्ठानको भवन च्यासलमा बैठक सुरु भएको हो । पार्टिको आन्तरिक विवाद मिलाउनका लागि गठित १० सदस्यीय कार्यदलले जुटाएको १० बुँदे सहमति अनुसार नै २०७५ जेठ २ अघिको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । यसअघि १४ औं केन्द्रीय कमिटी बैठक भनिएकोमा आज शुरु भएको बैठकको ब्यानरमा दशौं केन्द्रीय कमिटी बैठक लेखिएको छ ।

नेपाल पक्षको माग बमोजिम नै दशौं केन्द्रीय कमिटी बैठक राखिए पनि उनीहरुको उपस्थिती भने छैन । नेपाल पक्षले २०७५ जेठ ३ गते नवौं केन्द्रीय कमिटी बैठक बसेर नेकपा एकीकरण भएकाले अबको बैठक दशौं हुनुपर्ने माग राखेको थियो ।

यसअघि फागुन २८ देखि यसबीचाम एमालेका चारवटा बैठक सकिएर आजको बैठकलाई चौधौं भनिएको थियो । नेपाल पक्षले भने दशौं हुनुपर्ने भनेको थियो । दशौं केन्द्रीय कमिटी बैठक बोलाएर दश बुँदे सम्झौता कार्यान्वयनको प्रक्रिया शुरू भएको एमाले स्रोतले जनाएको छ । कानूनी रुपमा पनि मिलाउन एमालेले दशौं बैठक भनेको बुझिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।