२५ श्रावण २०७९, बुधबार

Aug 10, 2022

बुटवल । बुटवल उपमहानगरपालिकाले विपन्न समुदायका गर्भवती तथा सुत्केरीलाई पोषिला खाद्य सामग्री वितरण गरेको छ । महामारी विरुद्धको अभियानमा महिला, ज्येष्ठ नागरिक र बालबालिकाको सुरक्षामा विशेष चासो राखेको उपमहानगरले सुत्केरीलाई पोषण सामग्री प्रदान गरेको हो ।

Advertisement

सुत्केरीलाई पोषणयुक्त तत्वको अभाव हुन नदिन र शिशुको समेत स्वास्थ्यमा हेरचाह पुर्याउन भन्दै आवश्यक स्वास्थ्य निगरानीसहितको यो कार्यक्रम सञ्चालन गरिएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए । मातृशिशु, महिला, गर्भवती, बालबालिकादेखि हरेक उमेर समूहलाई लक्षित गरी विश्वसनीय, जवाफदेहीपूर्ण र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले जनस्वास्थ्यका क्षेत्रमा संवेदनशील भएर लागिएको प्रमुख सुवेदीको भनाई छ ।

बुटवलले उपप्रमुख गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम सञ्चालन गर्दै आएको छ । यो कार्यक्रममा उपप्रमुख गुमादेवी आचार्य आफै स्वास्थ्यकर्मीहरु लिएर सुत्केरी तथा गर्भवती महिलाको टोल एवम् पायक पर्ने उपमहानगरकै स्वास्थ्य संस्थामा पुगेर पोषण सामग्री प्रदान गर्दै आएकी छन् । नगरका विपन्न समुदायका सुत्केरी तथा गर्भवतीलाई स्वास्थ्य सुरक्षाका जानकारी, ल्याबसहितको निःशुल्क स्वास्थ्य चेकजाँच र पोषण सामग्री प्रदान गरिरहेको उपप्रमुख आचार्यले बताइन ।

बुद्धनगरस्थित शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र र सेमलारको स्वास्थ्य केन्द्रमा हालै संक्षिप्त कार्यक्रमका बीच उपप्रमुख आचार्यले ६० जनालाई पोषण सामग्री प्रदान गर्दै कार्यक्रमको सुरुआत गरिएको थियो । नगरका विभिन्न वडामा रहेको उक्त लक्षित समूहका करिब दुई सय ३० जना सुत्केरीलाई पोषण सामग्री प्रदान गरिने छ । महानगरका जनस्वास्थ्य अधिकृत उमा थापाको नेतृत्वमा स्वास्थ्यकर्मीहरु कल्पना पौडेल भट्टराई, गीतादेवी पाण्डे, पुजन ज्ञवाली र राजेश गिरीलगायतले स्वास्थ्य चेकजाँच र आवश्यक स्वास्थ्य सल्लाहका लागि उपप्रमुखसंगै फिल्डमा खटिएका थिए ।

बुटवलले यसअघि लकडाउनको अवधिमा पनि आर्थिक रुपमा विपन्न तथा श्रमिक परिवारका ८१ जना गर्भवती तथा सुत्केरीको घरमै पुगेर सेवा दिएको थियो । गर्भवती र सुत्केरीलाई क्याल्सियम, आइरन, आयुर्वेदिक औषधि, घ्यू, मेथी, ज्वानो, चामललगायतका पौष्टिक आहार उपलब्ध गराइएको छ । त्यसैगरी स्वास्थ्यकर्मीबाट स्वास्थ्य जाँच र परामर्शसमेत दिइँदै आएको उपप्रमुख आचार्यले बताइन् ।

गर्भवती र प्रसूति अवस्थाका साथै बच्चा दुई वर्षको हुँदासम्म दूध, घ्यू, मासु, अण्डा, सागलगायत पोषिला खानेकुरा खानुपर्ने सन्देश पु¥याउन सो कार्यक्रम सञ्चालन भएको थियो । गर्भवती र सुत्केरीका परिवारका सदस्यलाई पोषिला खानेकुरा खुवाउन, जोखिमयुक्त काममा नलगाउन र तनावमुक्त वातावरण बनाउन सहयोगका लागि परामर्शसमेत दिइएको प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

चीनमा देखियो जनाबरबाट मानिसमा सर्ने नयाँ भाइरस लुम्बिनीमा दुई स्थानसहित सबै प्रदेशबाट स्मार्ट लाइसेन्स छपाइको तयारी आज र भोलि देशका केही स्थानमा हुन सक्छ भारी वर्षा नितिश कुमारले बिहारमा आज पुनः मुख्यमन्त्रीको सपथ लिँदै नेपालले केन्यासंग टी २० र एकदिवसीय शृंखला खेल्ने मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जना पक्राउ मतदाता नामावलीमा दाबी बिरोधका लागि भदौ १२ देखि १९ गतेसम्मको अवधि बिदेशको कमाइले गाउँमा जग्गा किनेर बेसार खेती लामो समयदेखि प्रयोगविहिन लुम्बिनीका विद्युतीय गाडी दशैं अघिनै सञ्चालनमा आउने प्रहरी प्रशासनकै आडमा तस्करी : दिनभरि भण्डारण, रातभरि ढुवानी चौराहा–गोलपार्क सडकः निर्माणमा देखिएका अड्चन हटाउने निर्णय लुम्बिनी साँस्कृतिकमा मिलेन विवाद : भद्रगोल कार्यालय, मर्कामा सेवाग्राही बुटवलमा जग्गा नापजाँचको काम शुरु सदभावको प्रतिक मोर्हरम पर्व, धुमधामका साथ मनाईयो थप १०९० जनामा कोरोना संक्रमण पुष्टि रुपन्देहीमा लगातार ३ पटक जितेका विष्णु पौडेललाई यसपटक कति चूनौती ? डिभिजन वन अधिकृतसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा, २० लाख ४८ हजार बिगो दाबी ठेकेदारले ९ करोड बुझे, सडक निर्माण अलपत्र फोहोर बोक्ने साधनको तोडफोड जघन्य अपराध : बालेन साह जिल्ला विकास समितिका तत्कालिन खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा