ताजा अपडेट »

सिद्धार्थ साहित्य परिषदद्वारा भानु प्रतिमामा माल्यार्पण

बुधबार, ३० असार २०७८, ०८ : ५७
18 Shares

भैरहवा । लुम्बिनी प्रदेशकाे सबैभन्दा जेठाे साहित्यिक संस्था सिद्धार्थ साहित्य परिषदकाे आयाेजनामा भैरहवामा विहानै भानुकाे प्रतिमामा माल्यर्पण गरिएकाे छ । आदिकवि भानुभक्त आचर्यले साहित्यक तथा सामाजिक क्षेत्रमा पुराएकाे याेगदानकाे चर्चा गर्दै साहित्यकारहरुले भानु माध्यामिक विद्यालयकाे प्राङ्गणमा रहेकाे भानुकाे प्रतिमामा माल्यपर्ण गरेका हुन् ।

विगतका बर्षमा बाजागाजा सहित साहित्यकारहरुले विभिन्न संघसंस्था, सिद्धार्थनगरपालिका, सामुहिक विद्यालय परिवारकाे सहकार्यमा भैरहवामा भब्य रुपमा भानुजयन्ति मनाउने गर्दथे । काेराेना कहरकाे कारण यश बर्षकाे भानुजयन्ति सिमित साहित्यकारकाे उपस्थितिमा सामाजिक दुरि कायम गरि मनाईएकाे साहित्य परिषदका अध्यक्ष डिल्लीराज भट्टराईले बताए।

माल्यपर्ण पश्चात् बरिस्ठ साहित्कार बालकृष्ण भट्टराईले भानुभक्तको साहित्यिक र सामाजिक याेगदान अतुलनिय रहेकाे बताउनुभयाे । प्रश्रित प्रतिस्ठानका अध्यक्ष समेत रहनुभएका प्राज्ञ प्राडा कपिलदेव लामिछानेले भानुभक्त आचार्य नेपाली जनकाे मनमनमा बसेका कविभएकाे बताए । उनले भने ," त्याे बेला आम नेपालिले बुझ्ने भाषा नेपालिमा काव्यकविता सृजना गरेर अहिलेसम्म भानुभक्त सबै नेपालिकाे मनमा बस्न सफल हुनुभएकाे छ ।"

बरिस्ठ साहित्यकार प्राज्ञ बुद रानाले भानुभक्त सधै साहित्य सर्वसाधरणकाे पक्षमा हुनुपर्छ भनेर साेहि अनुसार साहित्य सृजना गर्ने महान कवि भएकाे बताए ।बरिस्ठ कथाकार बनमालि निराकारले भानुभक्तले भाषिक क्रान्ति गरेकाे बताए । बरिस्ठ साहित्यकार बिजय सागरले भानुभक्त जनकवि भएकाे बताए । उनले भने," एक् दिन् नारद् सत्य लोक् पुगिगया लोक्को गरौ हित् भनि " , यहि सृजनाले उनी लाेक कवि जनकवि भएकाे पुष्टि गर्ने बताए।

माल्यपर्ण पश्चातकाे कार्यक्रममा साहित्यकारहरु डा. दामाेदर ढकाल, भरत कुमार पाेखरेल, विजय पान्डे, सीता काफ्ले, कृस्न बस्याल, लक्ष्मिनाथ अधिकारी लगायतले भानुभक्तले नेपाली रामयणकाे रचना नेपाली भाषामा गरेर अतुलनिय याेगदान दिएकाे बताए ।

भानुभक्त आचार्यकाे जन्म तनहुकाे रम्घामा विक्रम सम्बत १८७१ असार २९ गते भएकाे थियाे । उनकाे बुबाकाे नाम धनञ्जय अाचर्य र आमाकाे नाम धर्मावतिदेवि थियाे । ६ असोज १९२५ मा निधन भएकाे थियाे ।

भानु नेपाली साहित्यका प्राथमिक(प्रथम) कालका प्रतिनिधि कवि हुन् । उनी वाल्मीकि रामायणका अनुवादकका रूपमा प्रख्यात छन् । मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । भानुले आफ्नाे ५४ बर्षकाे जिवनकालमा रामयण, प्रश्नोत्तर (वि.सं. १९१० ), भक्तमाला (वि.सं. १९१०), वधूशिक्षा(वि सं १९१९) , रामगिता लगायत कृति सृजना गरेका छन् ।

रासस
लेखकको बारेमा
रासस