१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

साउन १२,
ग्लोबल आवाज
गुल्मी । गुल्मीको सत्यवतीमा पहिरोले गाउँ नै प्रभावित बनेपछि घर बाँस गुमाएकाहरु र जोखिमपूर्ण बस्ती, बिस्थापितहरुलाई पुनरवासको लागि ठाउँ हेरेर सुरक्षित आवास निर्माण गर्न क्षती र नामावली संकलन गर्न थािलएको छ । पहिरोले ठूलो जनधनको क्षती पुर्याएपछि त्यस स्थानमा राहत र पुनःस्थापनको लागि पहल सुरु हुन लागेको छ ।

Advertisement

गत मंलवार राती गुल्मीको सत्यवति गाउँपालिकामा झरेको पहिरोका कारण दुई स्थानमा ३ सय ७ घर प्रभावित भएका छन् । जिल्लाको सत्यवति गाउँपालिकाको वडा नम्बर ३ र ४ को ठूलो लुम्पेक र लिम्घामा क्षती पुर्याउँदा १२ सय ६० जना प्रभावित भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी गराए ।

प्रभावित मध्ये पूर्ण क्षती तर्फ १७ वटा घर, ६१ वटा गोठ, ३६ वटा शौचालय रहेका छन् । आशिंक क्षतीमा १८ वटा घर, २३ वटा गोठ, १८ वटा शौचालय रहेका छन् । पहिरोमा पशु चौपायाँ तर्फ २८ वटा भैसी, १ गाई, ६७ वटा बाख्रा, २१९ वटा कुखुरा र १९ वटा बंगुर मरेको प्रारम्भीक तथ्याङ्क संकलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । पहिरोले बिस्थापितलाई सोहि स्थानका धर्मपूर माबि, नवबिहानी प्राबि, धर्मपूर प्राबि, राम माबि, मनकामना प्राबि, साजपूर प्राबिमा राखिएको छ ।

प्रभावितहरु स्कुलमा बस्नु पर्दा बृद्ध, गर्ववती, बालबालिकालाई समस्या परेको बताउँछन् । ठूलोलुम्पेक र लिम्घामा ठूलो पहिरो जानुमा ०७२ सालको भुकम्पको कारणले जमिन चर्किएको ठाउँबाट पहिरो गएको प्रारम्भीक अनुमान पनि गरिएको छ । ठूलो लुम्पेकमा मात्रै सानाठूला गरेर ५ सय र ५ वटा भन्दा वढि २ किलो मिटर सम्मका ठूलो पहिरो गएका छन् । पहिरो प्रभावित क्षेत्रमा सडक अबरुद्ध भएपछि राहत सामाग्री बाटोमै रोकिएको छ । प्रभावितलाई हेलिकप्टर मार्फत खाध्यन्न लगिएको छ । गत बुधवार लगिएको खाध्यन्न सकिन लागेपछि पुनः सोमबार पनि हेलिकप्टरबाट खाध्यन्न लगायत अरु राहतका सामाग्री लैजाने तयारी भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

प्रभावित क्षेत्रमा रहेका बस्तीहरुलाई सुरक्षित स्थानमा सार्नको लागि स्थान र प्रभावितहरुको नामावलि संकलन गर्ने काम भइरहेको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए । प्रभावित क्षेत्रमा महामारि फैलन नदिन औषधी, स्वास्थ्य सहितको तयारी अबस्थामा राखिएको छ । प्रभावित क्षेत्रमा रहेका स्वास्थ्य सहितको टोलीले स्थानियलाई हात धुने लगायतका स्वस्थ्य सम्बन्धी जानकारीहरु पनि गराई रहेको उपचारमा खटिएकी डक्टर शिला ढकालले बताइन् । पहिरोमा परेर मंलवार सत्यवति गाउँपालिका २ वटा वडामा ३ वटा घरका १३ र आइतवार कालिगण्डकी गाउँपालिकाको वडा नम्बर ७ को छापचौरमा १ जना गरि १४ जनाको मृत्यु भएको छ । भने २ स्थानमा ७ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको काठमाडौं र ५ जनाको पाल्पामा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण