ताजा अपडेट »

पीसल्याण्ड ऐकेडेमीमा विविध प्रतियोगिता सम्पन्न

शनिबार, ११ साउन २०७६, १३ : ०२
6 Shares

साउन ११,
बुटवल । रुपन्देहीको बुटवल-७ शिवनगरस्थित आवर पीसल्याण्ड ऐकेडेमीमा शुक्रबारीय कार्यक्रम अन्तर्गत विविध प्रतियोगिता सम्पन्न भएका छन् ।

पूर्व प्राथमिक तहमा सम्पन्न बालगीत प्रतियोगितामा कक्षा नर्सरीबाट दिवश भट्टराई र काव्या जी.सी. प्रथम, कक्षा एल्.के.जी. र यू.केजीबाट क्रमशः सुजल राना तथा रक्षा काप्mले प्रथम भएका छन् । कक्षा देखि ५ सम्म सम्पन्न हिज्जे प्रतियोगितामा क्रमशः असिम पौडेल, सक्शा थापा, उप्सन थापा, सुस्मिन राना र प्रशान्त थापाले प्रथम स्थान हासिल गरेका छन् । त्यसैगरी कक्षा ६ देखि ९ सम्म भएको “जलवायु परिवर्तन र यसका प्रभाव” विषयक वक्तृत्वकला प्रतियोगितामा गणेश कलवार प्रथम, सन्देश भण्डारी द्वितीय, दर्शन छन्त्याल तृतीय र रोजन पाण्डेले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् ।

प्रतियोगितामा करिब १ सय ५ बढी प्रतियोगीहरुले सहभागिता जनाएका थिए । उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलानन्द पाण्डेको अध्यक्षता, गंगा कुमारी भण्डारीको प्रमुख आतिथ्यता, अतिरीक्त क्रियाकलाप प्रमुख सुदिप घिमिरेको सञ्चालन र शिक्षक द्वय सुरज पोखरेल र विष्णुप्रसाद भण्डारीको निणार्यकमा सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।