ताजा अपडेट »

नविनमा विद्यार्थीलाई अभिमुखिकरण

शुक्रबार, १० साउन २०७६, १४ : ३९
6 Shares

साउन १०,
बुटवल । रुपन्देहीको बुटवल देविनगरमा अवस्थित नवीन औद्योगिक कदर बहादुर रीता मा.वि.नव आगन्तुक विद्यार्थीहरुलाई एक शुक्रबार अभिमुखिकरण गरिएको छ ।

कार्यक्रममा प्रदेश सभा सदस्य थान कुमारी थापाले विद्यार्थीले राम्रोसँग उच्च शिक्षा हासिल गरेर विदेश पलायन नभई देश विकासमा लाग्न आग्रह गरिन् । शिक्षक अभिभावक संघका अध्यक्ष मदन विष्टले विद्यालयले गुणस्तरीय शिक्षा दिनको लागि श्रम बजारबाट योग्य जनशक्ति ब्यवस्थापन गरेको हुँदा उक्त अवसरलाई सदुपयोग गरेर अगाडी बढन विद्यार्थीहरुलाई सुझाव दिए । विद्यालयका प्रद्यानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यालयमा यसै शैक्षिक सत्रबाट विज्ञान संकाय संचालन गरिएको बुटवल उपमहानगरपालिका र विद्यालयको लगानीमा आधुनिक स्तरीय विज्ञान प्रयोगशाला निमार्ण र प्रदेश सरकारको सहयोगमा सिभिल इन्जिनिरिङ अत्याधुनिक प्रयोगशालाका सामग्री खरिद, आइसिटी मार्पmत अध्यापन गर्न कम्प्युटर तथा ल्यावटप ब्यव्स्थापन गरिएको जानकारी गराए ।


उत्प्रेरक दीपक ढकालले उन्नति, योजना र उत्प्रेरणात्मक अभिमुखिकरण दिएका थिए । विद्यालय व्यस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खरेलको सभापतित्वमा शिक्षक अधिवक्ता लोक प्रसाद खरेलको संचालनमा सम्पन्न कार्यक्रममा अंग्रेजी शिक्षक दीपक ज्ञवाली नव आगन्तुक विद्यार्थी आयुषा ज्ञवाली, रोहन नेपाल, मधुसुधन नेपाल, आयुषा खनाल, आर्दश शुवेदी, उज्वल घिमिरे, श्रृष्टी बि.क. लगायतले बोलेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।