बुटवल। भोलिदेखि कोभिड १९ विरुद्धको भेरोसिल खोपको दोस्रो डोजको खोप लगाइदैछ । ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकले गत जेठ २५ गतेबाट २८ गतेसम्म पहिलो डोज लगाएकालाई दोस्रो डोज खोप लगाउन लागिएको हो।
मंगलबार (भाेलि) र बुधबार (पर्सी) दोस्रो डोजको खोप लगाइने छ । खोपको लागि बुटवल उपमहानगरपालिकामा ८ वटा केन्द्र तोकिएको छ। केन्द्रमा पुगेर बिहान १० बजेबाट दिउसो ४ बजेसम्म खोप लगाउन सकिने बुटवल उपमहानगरका शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले बताए ।
खोप केन्द्रमा आउँदा पहिलो डोजको खोप लगाएको कागज ल्याउन पनि उनले आग्रह गरे । चिनबाट आएको भेरोसिल खोप पहिलो डोज लगाएको तिन हप्ता नाघेपछि लगाउनुपर्ने हुन्छ।
यी हुन खाेपकेन्द्र
प्रतिक्रिया