१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

भैरहवा । लायन्स क्लब अफ भैरहवा ग्रिनसिटिले वर्ष २०२१/०२२ को कार्यक्रम मृगौला पीडितलाई आर्थिक सहयोग गरी सुरु भएको छ । आर्थिक अभाबको कारण मृगौला उपचारमा समस्या परेका भैरहवा निवासि प्रविण परियारलाई ५१ हजार सहयोग गर्दै नयाँ आर्थिक वर्षको कार्यक्रम सुरु भएको हो ।

Advertisement

सिद्धार्थनगर नगरपालिका-९ भाग्यपथमा कोठा भाडा लिई परिवार सहित बस्दै आएका परियारको केही महिना अगाडि मृगौलाले काम गर्न छाडेको थियो । मृगौलाले काम गर्न छाडेपछि उनले आफूसँग भएको सबै जायजेथा र रकम खर्चेर उपचार गराउँदा समेत अहिलेसम्म निको हुन सकेको छैन । परियारलाई यतिबेला मृगौलाको डायालासिस र औषधि खरिद गर्न पनि हम्मे-हम्मे परेपछि ईरफान वारिसको सक्रियता तथा संयोजनमा ग्रिनसिटिले आफ्ना सदस्यहरुले दिएको सहयोग रकम संकलन गरि हस्तान्तरण गरेको हो ।

वर्ष २०२१/०२२ का अध्यक्ष गोबिन्द प्रसाद गिरिको ‘समाजको लागि संगसंगै’ भन्ने मुल नाराका साथ यस वर्ष भैरहवा ग्रिनसिटि सामाजिक अभियानमा होमिएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा लायन्स क्लब अफ ३२५ बिटुका द्वितीय उपगभर्नर पिएमजिफ नबराज न्यौपानेले मानवीय सेवामा लायन्सहरुको भिडमा ग्रिनसिटिको काम उल्लेखनीय रहेको बताए । उनले भने, ‘स्थापनाको पहिलो वर्षमै मानवीय कार्यक्रम गरेकै कारण विभिन्न अवार्ड पाएको लायन्स क्लबअफ भैरहवा ग्रिनसिटिले यो वर्ष पनि महत्वपूर्ण काम गरेर गत वर्ष जस्तै रेकर्ड कायम गर्ने विश्वास लागेको छ ।’ उनले प्रविणको उपचारको लागि गरिएको सहयोगले औषधि उपचारमा केही सहज हुने अपेक्षा व्यक्त गरे ।

कार्यक्रममा स्थानीय बासिन्दा समेत रहेका लायन्स क्लब अफ ३२५ बिटुका उपसचिव विजय पान्डेले मानवीय सेवाभावले ओतप्रेत भएका सदस्यहरुको सहभागिता रहेको लायन्स क्लब अफ भैरहवा ग्रिनसिटिले आर्थिक समस्याको कारण उपचार गराउन कठिनाई ब्यहोरिरहेका प्रविणको घरमै पुगि सहयोग गर्नु उदाहरणीय कर्म भएको बताए । वर्ष २०२१/०२२ का अध्यक्ष गोबिन्द प्रसाद गिरिले लायन्स सामुहिक भावले सन्चालित हुनेहुँदा ग्रिनसिटिले यस वर्ष समाजको लागि संगसंगै भन्ने थिम राखेको बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल आज, नेपाल र लाओस भिड्दै आजदेखि इण्डियन प्रिमियर लिग ‘आईपीएल’