१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

रुपन्देही । तेस्रो चरणको कोभिड– १९ को महामारीबाट जोगिन जीवनशैलीमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिइएको छ । सञ्चारिका समूह रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका वडा नं ४ को सहयोगमा आज बुटवलमा भएको तेस्रो चरणको कोरोना महामारी र अपनाउनुपर्ने सावधानी विषयक अभिमूखीकरणमा बोल्ने वक्ताहरुले सङ्क्रमणको क्रम फेरी बढ्न थालेकाले सबै सजग र सतर्क रहनुपर्ने बताए ।

Advertisement

वडाका टोल विकास संस्थाका प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका र पत्रकार महिला सहभागी कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष टंक पराजुलीले कोरोना सङ्क्रमणबाट जोगिन सतर्कता आवश्यक रहेको बताए । ‘कसलाई कति बेला कोरोना लाग्छ थाहा हुदैन त्यसैले हरेक समयमा सचेत हुनुपर्छ । लापरबाही गर्नु हुँदैन, उनले भने । अध्यक्ष पराजुलीले रोग लाग्नु भन्दा रोग लाग्नै नदिनु राम्रो भएकाले लापरवाही गर्न नुहने बताए ।

उनले भने,‘टोल विकास संस्था र महिला स्वास्थ्य स्वयंसेविका नगरका अंग हुन् । यीनीहरु सचेत हुँदा नगरमा सही सूचना जान्छ । यस्तो महामारीका समयमा नागरिकलाई सही सूचना पु¥याउन यो कार्यक्रम महत्वपूर्ण छ ।’ कार्यक्रममा सहजीकरण गर्दै आम्दा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर सन्तोष पोखरेलले कोरोना महामारीले उमेर विशेषका आधारमा मात्र नभई सबैलाई प्रभावित पार्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने बताए । ‘जुनसुकै चरणमा पनि कोरोनाका लक्षण तथा असर उस्तै देखिन्छ । छिट्टै सबैलाई खोप प्रदान गर्न सके कम हुन्छ।’ डाक्टर पोखरेलले भने।

कोरोनाको तेस्रो लहरले बालबालिकालाई धेरै जोखिम गराउन सक्छ भन्ने चर्चा चलिरहेका बेला डाक्टर पोखरेलले कोरोनाले बालबालिकालाई प्रभावित पार्ने भए पनि लक्षण नदेखिएकाले बाहिर नआएको बताए । उनले भने,‘कोरोनाको पहिलो र दोस्रो चरणमा बालबालिका प्रभावित भएका थिए तर, गम्भीर लक्षण देखिएको थिए ,अब पनि बालबालिकालाई मात्र समस्या हुन्न भन्न सकिदैन ।’ विभिन्न अध्ययनले बालबालिकालाई मात्र समस्या नहुने देखाए पनि पूर्व तयारी भने गर्नुपर्ने बताउनुभयो । विशेष गरी बालबालिकालाई हेर्ने अनुभव भएका दक्ष स्वास्थ्यकर्मी बढाउन र सबै नागरिकलाई खोपको व्यवस्था हुनुपर्नेमा डाक्टर पोखरेलले जोड दिए।

सञ्चारिका समूह रुपन्देहीकी अध्यक्ष निरु गौतमले तेस्रो चरणको कोरोना महामारी र खोपको विषयलाई लिएर नागरिकमा अन्यौलता भएकाले सहि सूचना प्रदान गर्न वडा स्तरमा अभिमूखिकरण आयोजना गरिएको बताइन्। कोरोना महामारीका कारण स्वास्थ्य मापदण्ड पालना गरी कार्यक्रम गरिएको जानकारी गराउँदै सस्थाका उपाध्यक्ष मिना ढकालले समाजमा सहि सूचना प्रवाह गर्न यस्ता कार्यक्रम आवश्यक रहेको बताइन् ।

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग