२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

समयचक्र डट कमको २४ जुनमा प्रकाशित एउटा समाचार यस्तो छ ‘गतवर्षको लकडाउन जारी भएसँगै मिलोमतोमा सवारी साधन पास बनाएर यात्रु ओसार्ने अनलाइन बिजनेस निकै फस्टाएको छ ।’ ब्लग लेखक अनिल न्यौपाने आप्mनो फेसबुक वालमा “कृषि बजार एप’ बारेको जानकारी सेयर गर्दै लेख्छन्–एपमार्फत आधुनिक कृषिको क्षेत्रमा फड्को मार्न सकिन्छ । जसको माध्यमबाट मध्यस्थकर्ता (नेपाली सन्दर्भमा भनिने विचौलिया/दलाल)को संलग्नता बिना क्रेता र बिक्रेताले कृषि उपज सिँधै खरिद–बिक्री गर्न सक्नेछन् । एपमा कृषि उपज बेच्न, बजारको मागबारे थाहा पायन, आएको अर्डर हेर्न, मुख्य बजारमा विद्यमान दर–भाउ के छ थाहा पाउन, मूल्य प्रवृत्ति हेर्न र आफ्नो कारोबारको हिसाब–किताब एउटै प्लेटफर्म मार्फत जानकारी लिन सकिन्छ ।

Advertisement

यी समाचार तथा जानकारी मसिनोगरी केलाउने हो भने नेपाली अर्थतन्त्र अब बिस्तारै फरक बाटोमा जाँदै गरेकोे संकेत मिल्छ । परिस्थितिजन्य कारणले उत्पन्न हुने यस्तै बाध्यात्मक घटना, परिस्थिति र सोचान्तरण आदिबारे जानकारी हासिल गर्दै पूर्व तयारी गर्न नसक्ने उद्यम, व्यवसाय, शिक्षा लगाएतका हरेक क्षेत्रका संचालक र व्यवस्थापकहरुसँग गुनासो गर्ने र पछुताउने बाहेक अर्को विकल्प रहन्न गलाकाट प्रतिष्पर्धाको वर्तमान युगमा । अहिले कतिपय परम्परागत प्रकृतिका उद्यम÷व्यवसाय संचालन गरिरहेका उद्यमी व्यवसायिहरु गुनासो गरेर बसेको देखिन्छ । बजार प्रतिष्पर्धा निर्मम हुन्छ । सहानुभूति बटुल्ने भन्दापनि आफ्नो प्रतिष्पर्धात्मक क्षमता अभिवृद्धि गर्न सक्षम व्यवसाय मात्र टिक्न सक्छन् । बदलिँदो परिस्थितिमा आफूलाई परिवर्तन गर्न नसक्ने यथास्थितिवादी चिन्तनले हरेक क्षेत्रमा अग्रगमनको बाटो छेक्छ ।

विकसित देशका अर्थशास्त्री, बैज्ञानिक र नीति निर्माताहरुले चौंथो औद्योगिक क्रान्तिको बहस र पाँचौं चरणको औद्योगिक क्रान्तिबारे सोँच्न र तयारी गर्न थालिसकेका छन्। हामी भने अझै पनि परम्परागत मान्यताभन्दा माथि उठेर चिन्तन गर्न सकेका छैनौं अझ भनौं पहिलो औद्योगिक क्रान्तिको बेलाकोजस्तो सोँच, चिन्तन र मानसिकता बोकिरहेका छौं । प्रविधि हस्तान्तरण र विस्तारको गति तिब्र छ । यस्तो अवस्थामा अमुक पक्षलाई दोष दिनुभन्दा पहिले नै विकसित हुँदै गरेका विश्वव्यापी टे«ण्ड र नवप्रवर्तन पछ्याउन सकिएन भने प्रतिष्पर्धामा पछि परिन्छ ।

अहिले पनि नेपाली समाजमा पूर्णकालिन र स्थायी प्रकृतिको नोकरी/जागिर हुनुपर्छ भन्ने आम मान्यता रहिआएको छ । यस्तो रोजगारीबाट अप्रत्यक्ष लाभहरु– पेन्सन, स्वास्थ्य विमा र नियमित तलब भुक्तानी मिल्छ । अर्को तर्फ निजी र असंगठित क्षेत्रमा कार्य गर्ने थुप्रै श्रमिक बेरोजगार हुन पुगेका छन् । यतिबेला कोभिड–१९ को प्रभावले गर्दा । भनिन्छ हरेक समस्याले सँगसँगै समाधान पनि बोकेर ल्याएको हुन्छ । ‘जहाँ चुनौती, त्यहाँ अवसर’–भन्ने प्रचलित मान्यता नै छ । नेपालको अर्थतन्त्रमा यस्तै नयाँ प्रकृतिको अवसर स्थापित हुन खोजिरहेको छ यतिबेला । यस्तो फरक खालको अर्थव्यवस्थालाई अर्थशास्त्रको नविन अवधारणामा ‘गिग इकोनमी’ भनिँदो रहेछ । यो आलेख यसै विषयमा केन्द्रित छ ।

आजकाल इन्टरनेटका माध्यमबाट काम लिने र दिने ट्रेण्ड बढ्दो छ । खास गरेर सेवामूलक कामहरु । जुनसुकै प्रकारका पेशेवर व्यक्ति चाहे डाक्टर, वकिल, इञ्जिनियर, प्रोफेसर, फ्रिलांसर हुन् या अन्य कोही जसलाई कुनै निश्चित काम वा प्रोजेक्ट पूरा गर्नका लागि अस्थाई रुपमा नियुक्त गरिन्छ । यस्तो प्रकृतिको आर्थिक गतिविधिलाई गिग अर्थतन्त्रको अंशको रुपमा बुझिन्छ । ‘गिग’ शब्दको उत्पत्ति खासमा संगीत उद्योगबाट आएको हो । गायक, संगीतकारले आफ्नो पारिश्रमिक तब पाउँछन् जब उनीहरुको गीत संगीत प्रसारण हुन्छ । त्यसैगरी फिल्म उद्योगमा पनि यस्तै अर्थव्यवस्था विद्यमान छ । जहाँ कलाकारले प्रत्येक फिल्मका लागि अनुबन्धनका लागि हस्ताक्षर गर्छन् ।

गिग अर्थतन्त्रको आयाम अझ धेरै क्षेत्रमा फैलिरहेको छ । अस्थायी हिसाबले र स्वतन्त्र रुपमा ठेक्कामा काम गर्ने कर्मचारी । फ्रिलांसिङ सेवा, ब्लगिङ, सम्बद्ध मार्केटिङ्ग गतिविधि जस्ता क्षेत्रमा अनलाइन प्लेटफर्म मार्फत काम गर्ने कर्मचारीहरु अचेल अर्थतन्त्रको यो बदलिँदो स्वरुपमा आवद्ध भएको पाईंन्छ । त्यस्तै ‘एक कल फोनको भरमा सामान वा सेवा हजुरको घरमा’ भन्नेजस्ता विज्ञापन त हामीले अलि पहिलेदेखि नै सुन्दै आएका छौं । मौसमी प्रकृतिका रोजगारीका क्षेत्रहरु जस्तैः सडक निर्माण गर्ने कामको ठेक्का लिने निर्माण कम्पनीमा काम गर्ने अस्थायी कामदारहरु समेत गिग अर्थप्रणालीमा जोडिएको पाइँन्छ । संगठित क्षेत्रमा स्थायी कर्मचारीको नै बोलवाला हुन्छ किन कि यस क्षेत्रले आप्mनो काम सम्पादन गर्न ठूलो संख्यामा कर्मचारी नियुक्ती गर्ने गर्छन् । यसका बावजूद पनि थुप्रै यस्ता काम हुन्छन् जसका लागि उनीहरु अस्थायी कर्मचारीबाट काम चलाउँछन् । खास गरेर अल्पकालिन प्रकृतिको विद्यमान श्रम बजार हो गिग अर्थतन्त्र।

आजभोलि संसारभरी नै गिग अर्थतन्त्र विस्तार हुँदै गएको छ । विश्व आर्थिक मञ्चले गिग अर्थतन्त्रलाई डिजिटल माध्यमबाट फ्रिलांसरहरुलाई ग्राहकसँग जोड्ने खास गरेर अल्पकालिन प्रकृतिका सेवाको रुपमा अथ्र्याएको छ । नेपालमा पनि काठमाण्डौमा केही वर्षयतादेखि टुटल र पठाओ यातायात सेवा लोकप्रिय भैरहेको छ । स्पेनले त झन् नयाँ कानून स्वीकृत गरि गिग अर्थतन्त्रमा आधारित चालक (राईडर)हरुलाई ज्यालादारी मजदुरको रुपमा वर्गिकरण गरेको छ । विकसित अर्थतन्त्रमा सम्पत्ति साझेदारी (एसेट श्येयरिङ्ग) जस्तैः कार, घर, पार्किङ्ग स्थल आदि व्यवसाय गिग प्रणालीमा चल्ने गरेको पाईंन्छ ।

गिग अर्थतन्त्रमा क्रियाशिल व्यवसायहरु
सूविधा (अकोमोडेसन)सँग सम्बन्धित
–भाडामा घर, बजार, अपार्टमेन्ट खोजिदिने सेवा । यस्तो सेवा चीन, अमेरिका, बेलायतमा प्रचलित छ । केयर गिभिङ्ग (हेरचाह सेवा)–अमेरिका, इजरायमा बढि प्रचलित । केटाकेटी र वृद्धहरुको स्याहार सेवा, मालिश गरिदिने (मसाज) सेवा, कामदार खोजिदिने प्लेटफर्म (आजकाल यतातिर पनि जबलिङ्कको नाममा यस्तो व्यवसायिक सेवा निकै प्रचलित भएको छ ।

वितरण (डेलिभरी)–बेलायत, अमेरिका, भारत फ्रान्स, जर्मनी, चीन, कोलम्बियामा प्रचलित अनलाइन डेलिभरी सेवा, कुरियर सेवा । फ्रान्समा त झन अनलाइन किराना बजार रहेछन् । यस्तो बजारमा स्थानीय किसानले उत्पादन गरेका खाद्य सामाग्री उपलब्ध हुन्छन् । खाना, खाजा, मदिरा, शिक्षा सेवा, फ्रिलान्सिङ प्लेटफर्म, आउटसोर्सिङ सेवा । व्यवसायिक र प्राविधिक सेवा–अनलाइन सप्mटवेयर तालिम, कार्यालय व्यवस्थापन ।

सिर्जनात्मक सेवा–ग्राफिक डिजाइनिङ्ग, लेखक र निर्देशकलाई जोड्ने ।

घरदैलो सेवा (हामीकहाँ पनि प्रचलित छ)–दैनिक घरायसी काम आउटसोर्स गर्ने जस्तै कुकुर डुलाइदिने, सरसफाइ गरिदिने, प्लम्बिङ्ग (धारापानि,बिजुलिको काम)।

त्यस्तै डाक्टर, नर्सलाई हस्पिटलसँग जोड्ने अनलाइन सेवा । स्वास्थ सेवा प्रदायकलाई विरामीसँग जोड्ने काम । कानूनी परामर्श, अनलाइन मार्फत खुद्रा व्यापार (नेपालमा लोकप्रिय दराज अनलाइन) आदि ।

खास गरेर व्यवसायिक सेवाहरु जस्तै लेखन, भाषान्तर, प्रशासनिक, सुक्ष्म प्रकृतिका काम । त्यस्तै घरायसी कामसँग सम्बन्धित विविध सेवा र सामाग्री, होम सर्भिस जस्तै नेपालमा पनि प्रचलनमा रहेको होम ट्यूसन सेवा, झाडुपोछा, सरसफाईं, लुगा धुने, केटाकेटिको हेरचाह र हस्तकलाका कामहरु हाम्रो औपचारिक अर्थ प्रणालिमा नजोडिएका आर्थिक गतिविधी हुन् । यस्ता व्यवसायलाई पनि अर्थतन्त्रको औपचारिक दायरामा जोड्न सके देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ, सरकारको आम्दानिको क्षेत्र समेत फराकिलो हुनसक्छ ।

प्रतिष्पर्धा, कर र श्रमबजार नीति,वस्तु र बजारको नियमन लगायतका कुरामा व्यवसायिका तर्पmबाट जटिलता उत्पन्न हुन सक्नेजस्ता समस्या भएतापनि गिग अर्थतन्त्रका धेरै फाइदा छन् । गिग अर्थतन्त्रमा कहाँ, कहिले र कसरी काम गर्ने भन्ने सवालमा आत्मनिर्भर र स्वतन्त्र रहन्छन् कामदार । काम, जागिर गुमेर आम्दानी शून्य हुने जोखिम कम हुन्छ । एकैपटकमा धेरै कम्पनि वा प्रोजेक्ट सम्बन्धित काम गर्न सकिने हुँदा क्षमता अभिवृद्धि भैरहन्छ निरन्तर र सीप विकाससँगसँगै अझ बढी अवसर भेटिन्छन् । कामदारलाई यहाँ स्वतन्त्रता मिल्छ, कार्यजीवनमा लचकता र स्वायत्तता मिल्छ ।

गिग अर्थतन्त्रबाट लाभ प्राप्त गर्न सक्ने अन्य लाभग्राही मध्ये ठूलो संख्यामा रहेका सेवानिवृत्त व्यक्तिहरु, घरमा बस्न बाध्य अभिभावक, ज्येष्ठ नागरिकहरु, विद्यार्थी र अशक्त/अपाङ्ग पर्दछन् । उनीहरुले यसबाट मनग्य लाभ लिन सक्छन् । घरमै बसिबसी कमाउन सक्छन् । सन् २००० यताका बर्षमा अर्थतन्त्र र उद्योग क्षेत्रमा डिजिटलाइजेसन् तीब्र रुपमा विकास भयो । सूचना, संचार र प्रविधि खासगरेर इन्टरनेट सञ्जालको व्यापक विस्तार, स्मार्टफोनको लोकप्रियताले गर्दा डिजिटल प्रविधीमा आधारित अन डिमाण्ड प्लेटफर्मले डिजिटल प्रविधीमा आधारित नयाँ नयाँ काम र रोजगारी सिर्जना गरेका छन् । पहुँच, सुविधा, सहजता र मूल्य प्रतिस्पर्धाका कारण बन्दै गएको छ ।

सामान्य बुझाइमा काम–एउटा पूर्णकालिन कामदारले गर्ने कार्यघण्टा र त्यसबापत उसले प्राप्त गर्ने आर्थिक लाभ (तलब, ज्याला) भन्ने हो । तर आजकाल कामबारेको यो परम्परागत परिभाषा बदलिदै गएको छ । प्रविधिको निरन्तर विकासले गर्दा अर्थतन्त्रका आयाम बदलिएका छन् । स्वतन्त्र र करारजन्य श्रममा आधारित सेवामूलक काम लोकप्रिय हुँदैछन् । अमेरिकामा कुल श्रमिक मध्ये ३६ प्रतिशत गिग इकोनमीमा कृयाशिल रहेछन्।

खुल्ला बजार प्रणालीमा बिस्तारित हुँदै गैरहेको खण्ड (सेगमेन्ट) हो गिग अर्थतन्त्र । यसबाट उत्पादकत्व वृद्धि हुन्छ र रोजगारीबाट प्राप्त हुने आर्थिक लाभ लिन सहयोग मिल्छ । यो प्रणालीबाट विभिन्न तहका उपभोक्ता र कामदारको सुरक्षा कसरी ग्यारेण्टी हुन्छ भन्ने स्वभाविक प्रश्न गर्न सकिन्छ । हामीलाई सुन्दै अनौठो र नौलो लाग्ने यो अवधारणा विश्वव्यापी अवधारणा हो । कामदार/श्रमिक वा कथित ‘गिग अर्थतन्त्र’ ?विश्वव्यापी वहसको विषय भएको छ आजकाल । यसका प्रभावहरु नेपालको अर्थतन्त्रमा पनि बिस्तारै देखिँदैछन् ।

प्रतिकृया दिनुहोस्

Flash News

नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै  इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ प्रियंकासँग सहकार्य गर्दै जुनियर एनटिआर बुटवलमा करोडौँ मूल्य पर्ने २६ कठ्ठा सरकारी जग्गा किनबेच लागुऔषधसहित ५ जना पक्राउ हत्या आराेपमा एकजना पक्राउ पूर्वराज्यमन्त्री महेश चौधरीको निधन