१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023

नया दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु कश्मिरलाई दिलदेखि र दिल्लीदेखि नै नजिक बनाउने प्रतिवद्धता जनाए । जम्मु कश्मिरलाई दिल र दिल्लीदेखि नजिक बनाउनका लागि आवश्यक लोकतान्त्रिक प्रक्रिया पनि अपनाइने उनको भनाई छ । प्रधानमन्त्री मोदीले जम्मु कश्मिरका सवै पक्षका नेताहरुसँगको बैठकका क्रममा आपसी सम्वन्धलाई बलियो र सुमधुर बनाउन आफू प्रतिवद्ध रहेको पनि उल्लेख गरे ।

जम्मु कश्मिरमा हुन बाँकी रहेको क्षेत्रीय तथा संसद निर्वाचन गराउनु केन्द्रीय सरकारको उच्च प्राथमिकताको विषय रहेको पनि उनले स्पष्ट पारे । झण्डै साढे तीन घण्टा भएको बैठकमा जम्मु कश्मिरका १४ नेता सहभागी भएका थिए । उनीहरुका कुरालाई प्रधानमन्त्री मोदीले ध्यानपूर्वक सुने । भारतको संविधानको धारा ३७० खारेज गरेर जम्मु कश्मिरलाई विषेश दर्ता दिने व्यवस्थाको अन्त्य गरेपछि जम्मु कश्मिरका नेता र केन्द्रीय नेताका बीचमा पहिलो पटक बैठक भएको हो ।

प्रधानमन्त्री मोदीले सन् २०१९ को अगस्टमा भारतको संविधानको धारणा ३७० लाई खारेज गरी जम्मु र कश्मिरलाई दिइएको विषेश दर्ता हटाइएको घोषणा गरे । उनीहरुलाई पनि केन्द्रीय सरकार मातहत नै ल्याइएको विषयमा केही विरोध भएपनि कार्यान्वयन भने भइसकेको छ । जम्मु र कश्मिरका नेताहरुसँगको छलफल राम्रो भएको भन्दै प्रधानमन्त्री मोदीले खुशी व्यक्त गरेको समाचारमा जनाइएको छ । जम्मु कश्मिरलाई कसरी अझ राम्रो बनाउने भन्ने बारेमा नेताहरुका बीचमा खुल्ला बहस भएकोले पनि बैठक सन्तोषजनक भएको प्रधानमन्त्री मोदीले बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणका लागि प्रस्थान कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ नेपालको राष्ट्रिय अखण्डमाथिको प्रहार रोक्न प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण केन्द्रित रहोस् : प्रजातान्त्रिक युवा संगठन बाफ्टा विजेता फिलिपको फिल्ममा सामन्था