ताजा अपडेट »

मिडटाउन बुटवलद्वारा क्यान्सर प्रभावितलाई नगद सहयोग

शुक्रबार, ११ असार २०७८, ०९ : ४७
10 Shares

बुटवल । ईनरव्हिल क्लव अफ मिडटाउन बुटवलले रुपन्देहीमा एक ब्लड क्यान्सर प्रभावित ब्यक्तिलाई आर्थिक सहयोग गरेको छ । स्याङजाको गलेङ्ग नगरपालिका हतुमका स्थानीय भागिरथ भट्टराईलाई क्लवले आर्थिक सहयोग गरेको हो ।

क्लवले हाल भट्टराई बस्दै आएको तिलोत्तमा शंखरनगरमा पुगेर ३१ हजार रुपैयाँ सहयोग गरेको हो । विगत ५ महिनादेखि ब्लड क्याक्सरबाट प्रभावित बनेका भट्टराईले मिडटाउन वर्ष २०२०-२१ का अध्यक्ष मिठु टण्डन भण्डारीले नगद ३१ हजारको चेक हस्तान्तरण गरेकि हुन ।

भण्डारीको अध्यक्षतामा भएको आर्थिक सहयोग कार्यक्रममा क्लवका इडिटर सुमित्रा न्यौपाने, एक्जुकेटिभ मेम्वर गिता खनाल लगायतले अशक्त, असहायलाई सक्दो सहयोग गर्ने अभियान अन्तरगत क्यान्सर प्रभावित भट्टराईलाई आर्थिक सहयोग गरिएको बताईन।

क्लवले आफ्नो १२ औं स्थापना दिवस (चाटर्ड डे) को अवसर पारेर रक्त क्यान्सरलाई सहयोग गरिएको अध्यक्ष भण्डारीले बताईन । विगत ५ महिनादेखि क्यान्सरबाट पीडित भएका भट्टराईको उपचार भरतपुर क्यान्सर अस्पतालमा उपचार भई रहेको छ ।

आर्थिक अभावका कारण उपचारमा समस्या भई रहेकाले सहयोगका लागि अपिल समेत गरेका छन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।