May 31, 2023
काठमाडौ । चालु आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा ३७.७८ प्रतिशतले निर्यातमा बृद्धि भएको छ। यसअघि न्यून मात्रामा निर्यात हुने गरेकोमा पछिल्लो समय आयात सँगै निर्यातमा बृद्धि हुन थालेको हो। भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को ११ महिनाको (साउदेखि जेठसम्म) तथ्यांकअनुसार यस अवधिमा रु १ खर्ब २१ अर्ब २५ करोड ३९ लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको हो। गत वर्षको सोही अवधिमा रु ८८ अर्ब ३१ लाख बराबरको वस्तु निर्यात भएको थियो।
यसैगरी ११ महिनामा रु १३ अर्ब ८३ अर्ब ३६ करोड ४९ लाख बराबरको विदेशी वस्तुको आयात भएको छ। गत आवको सोही अवधिको तुलनामा २५.६७ प्रतिशतले आयातमा बृद्धि भएको छ। गत आवमा सोही अवधिमा रु ११ खर्ब ८१ करोड ३४ लाख बराबरको वस्तु तथा सेवा आयात भएको थियो। जेठमा मात्रै रु १ खर्ब २९ अर्ब २५ करोड ४७ लाख रुपैयाँको आयात हुँदा रु १२ अर्ब ७७ करोड ४२ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ।
तथ्यांकअनुसार यो वर्ष व्यापार घाटा २४.६१ प्रतिशतले बृद्धि भएको छ। विभागको तथ्यांकअनुसार ११ महिनामा रु १२ खर्ब ६२ अर्ब ११ करोड ९ लाख बराबरको वैदेशिक व्यापार घाटा भएको छ। आयातको तुलनामा निर्यातमा कमी आउँदा व्यापार घाटामा कमी आएको हो। गतवर्षको सोही अवधिमा नेपालले रु १० खर्ब १२ अर्ब ८१ करोड ३ लाख बराबरको वैदेशिक व्यापार घाटा बेहोर्नुपरेको थियो। गत वर्षको तुलनामा यस वर्ष २४.६१ प्रतिशतले व्यापार घाटा भएको हो।
वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.९४ र निर्यातको हिस्सा ८.०६ प्रतिशत रहेको छ। आयातको हिस्सा मात्र ०.७१९ प्रतिशतले घटेको छ। चालु आवको सो अधिमा कूल वैदेशिक व्यापारमा बृद्धि भएको छ। ११ महिनाको अवधिमा रु १५ खर्ब ४ अर्ब ६१ करोड बराबरको वैदेशिक व्यापार भएको छ। गत आवको तुलनामा सोही अवधिमा रु ११ खर्ब ८८ अर्ब ८१ करोड ६५ लाख बराबरको व्यापार भएको थियो। गतवर्षको तुलनामा यस वर्ष २६.५६ प्रतिशतले व्यापारमा बृद्धि भएको छ।
सो अवधिमा नेपालमा सबैभन्दा बढी डिजेल, आइरन प्रोडक्ट (स्टिल), भटमासको तेल, मोबाइल फोन, ग्यास, पेट्रोल आयात भएको छ। यस्तै, भटमासको तेल, अलैंची, कार्पेट, चिया, जुटबाट बनेको कार्पेटलगायत वस्तु सबैभन्दा धेरै नेपालबाट निर्यात भएका छन्।
प्रतिकृया दिनुहोस्