१४ जेष्ठ २०८०, आईतवार

May 28, 2023

सुर्खेत । यहाँ व्यावसायिक किसानलाई कृषि उपकरण तथा औजार वितरण गरिएको छ । लेकवेशी नगरपालिकाको दशरथपुरमा व्यावसायिक कृषकलाई मिनिटेलर हर्स पावर वितरण गरिएको हो । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री सिताकुमारी नेपालीले लेकवेशी दशरथपुरका कृषकलाई व्यावसायिक खेती गर्नका लागी मिनिटेलर प्रदान गरे । कृषि लाई व्यावसायिक र आधुनिकीकरण गर्न प्रदेश सरकार लागेको जनाउँदै मन्त्री नेपालीले अनुदानलाई सदुपयोग गर्न आग्रह गरे । सरकारको अनुदानलाई सदुपयोग गरेर आफ्नो लगानी बढाइ आत्मानिर्भर बन्न कृषकलाई उनले आग्रह गरे ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आव २०७७/७८ को वार्षिक विकास कार्यक्रमअनुसार प्रदेशसभाका सदस्यको प्रत्यक्ष निगरानी हुने गरि दलित अति विपन्न लक्षित वर्ग विशेष कार्यक्रमअन्तर्गत कृषि औजार वितरण गरिएको कृषि विकास निर्देशनालयका प्रमुख चित्रबहादुर रोकायाले बताए । उनका अनुसार प्रदेश सरकारको ७५ प्रतिशत र समुदायको २५ प्रतिशत लगानी हुने कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रमबाट दशरथपुरमा सात हर्स पावरका १३ मिनि टेलर, एक रोटाभेटर तथा रु ५० हजार बराबरको तरकारीको बीउ वितरण गरिएको प्रमुख रोकायाले जानकारी दिए ।

निर्देशनालयका अनुसार भेरीगङ्गा नगरपालिका–५, लेखवेशी नगरपालिका–४, वीरेन्द्रनगर नगरपालिका–२, ४ र १३, वराहताल गाउँपालिका वडा नं। ६, ७ र १०, सिम्ता गाउँपालिका–७ र गुर्भाकोट नगरपालिका–५ छनोट भई कार्यक्रम कार्यान्वयन भइरहेका छन् । प्रदेशसभाका प्रति सदस्यका लागि कृषि मन्त्रालयले कृषिमा रु १० लाख र पशुसेवातर्फ रु १० लाख विनियोजन गरेको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी आम्दा अस्पतालको स्तरवृद्धिको समझदारी गर्न बुटवलको टोली जापान प्रस्थान बुटवलमा भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी साहयक हवल्दार अमृत बस्नेत घाइते ‘छल्दी खोलामा बाढी आएपछि स्थानीयले भने : विपतमा खै रेसुङ्गा र इस्माका जनप्रतिनिधी ?’ बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट नदी उत्खनन् गर्न नपाएपछि ट्याक्टर व्यवसायीले घेरे देवदह नगरपालिका सरकारको आर्थिक सर्वेक्षणले भन्छ- अर्थतन्त्र सुधार हुँदैछ [पूर्णपाठ] बुटवलको ढवाहामा जेठ २५ गतेदेखि ‘दोस्रो पीस पार्क मेला’ हुने भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव सेयर बजार दोहोरो अंकको गिरावट अर्घाखाँचीको शितगंगा–५ जुकेनामा बिपि स्मृति भवन बन्ने धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यही हुन् सदस्यहरू अनिता ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने सरकारको निर्णय ७० वर्षीया वृद्धा र १७ वर्षीया किशोरी बलात्कृत भाडादर छुट गरी सहयोग गर्न होटल ब्यवसायीहरुको घरधनीलाई आग्रह तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो अनुष्का भन्छिन्–वर्षमा एउटामात्र फिल्म बुटवलका रुकबहादुर आफ्नै सुत्ने कोठामा मृत फेला प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो