२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

काठमाडौँ । राष्ट्रिय कविता महोत्सव २०७८ मा भोजपुरकी कविता राई(देशको नक्शा) प्रथम भएकी थिईन् । नेपाल प्रज्ञा –प्रतिष्ठानद्वारा आयोजित महोत्सवमा धादिङकी अमृता स्मृति द्वितीय (डढेलोपछि पनि वसन्त आउँछ) तथा बर्दियाकी निरञ्जनाकुमारी चन्द(युगीन प्रतिध्वनि), ताप्लेजुङकी सविता बराल(आमा म आएँ अब) र नुवाकोटका प्रकाश सिलवाल(बोधिसत्वको खोप) तृतीय भए ।

Advertisement

प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, द्वितीयलाई रु ४० हजार र तृतीयलाई रु ३०– ३० हजार र सम्मानपत्रले पुरस्कृत गरिने छ । कार्यक्रमको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गर्दै प्रज्ञा–प्रतिष्ठानको ६४ औँ वार्षिकोत्सव तथा कविता महोत्सवको दिन नेपालको वाङ्मय क्षेत्रको विशिष्ट दिन भएको र यो महाकवि लक्ष्मीप्रसाद देवकोटाका परिकल्पनामा युगकवि सिद्धिचरण श्रेष्ठका थालनी भएको बताए ।

कार्यक्रम संयोजक तथा प्राज्ञ परिषद् सदस्य प्रा डा हेमनाथ पौडेलले वर्तमानको यथार्थमा आधारित रहेर सन्देशमूलक रचना नै उत्कृष्ट हुने र कला पक्षलाई सशक्त बनाउनुपर्ने बताए । प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले बन्दाबन्दी र निषेधाज्ञाका फुर्सदिलो समयमा साहित्यकार झनै राम्रा सिर्जना तयार गर्न सफल भएको बताए । प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा संञ्चार संयोजक शशी लुमुम्बुले महोत्सवमा ७६४ जनाले सहभागिता जनाएकामा अन्तिम प्रतियोगिताका लागि ४१ कविता छनोट गरिएकामा स्वदेश बाहिर रहेका आठ र देशका २० जिल्लाबाट प्रतियोगितामा सहभागिता जनाइएको जानकारी दिईन् ।

वार्षिकोत्सवका अवसरमा प्रज्ञा–प्रतिष्ठानका १५ कर्मचारीलाई जनही रु ३० हजारसहित दीर्घसेवा पदकबाट सम्मानित गरियो । सम्मानित हुनेमा राजेन्द्रकुमार शाही ठकुरी, उत्तमराज उपाध्याय, राजकुमार श्रेष्ठ, शिवकुमार चापागाईँ, विजयमानसिंह प्रधान, कर्णबहादुर कुमाल, बुद्धि तिमिल्सिना, राधा कार्की, पूर्णबहादुर श्रेष्ठ, रामकुमार बोहोरा, नानु सुवेदी, भगवती लामिछाने, मैयाँ महर्जन, नारायणप्रसाद अधिकारी र जमुना कुचीकार थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ प्रियंकासँग सहकार्य गर्दै जुनियर एनटिआर बुटवलमा करोडौँ मूल्य पर्ने २६ कठ्ठा सरकारी जग्गा किनबेच लागुऔषधसहित ५ जना पक्राउ हत्या आराेपमा एकजना पक्राउ पूर्वराज्यमन्त्री महेश चौधरीको निधन दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ