२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

काठमाडौँ । वर्षाका कारण बाढी र पहिरो आउँदा आजसम्म देशभरका १३ सडक पूर्ण रुपमा अवरुद्ध छन् भने २८ सडक एकातर्फबाट (आशिंक) मात्रै सञ्चालनमा छन् । वर्षाले देशभरका विभिन्न राष्ट्रिय राजमार्गहरु अवरुद्ध भएका हुन । असार यता ५६ सडक अवरुद्ध भएकामा अहिले १५ सडक पूर्ण रुपमा नियमित छ । विभागअन्तर्गका डिभिजन सडक कार्यालयले नजिकैका हेभि इक्युपमेन्ट कार्यालयसँगको समन्वयमा सडक सकेसम्म दुबैतर्फ नसकेमा एकातर्फबाट सुचारु गरिरहेको विभागले जनाएको छ ।

डुम्रे–बेशीशहर–चामे सडक मनाङ र लमजुङको विभिन्न खण्डमा मस्र्याङदी नदीले ट्रयाक बगाउँदा र ठूलो ढुङ्गा सहित पहिरो जाँदा अवरुद्ध भएको छ । लमजुङको रामबजार, अर्गले, घट्टेखोला र च्याम्चे खण्डमा सडक १ गते अवरुद्ध भएकामा अझै खुल्न सकेको छैन । मनाङमा तिमाङ खोलाले धारापानीमा १ गते र बगरछापमा ३ गते अवरुद्ध भएको थियो । त्यस्तै मनाङको तिमाङ छहरामा जेठ १६ गते सडक अवरुद्ध रहेकामा अझै सो सडक खुल्न सकेको छैन । अरनिको राजमार्गमा लिपिङ् पुल क्षतिग्रस्त हुँदा त्यहाँको यातायात पूर्ण रुपमा ठप्प छ । सोही राजमार्गको कोदारी र ड्याम साइटमा पहिरोका कारण सडक अवरुद्ध भएकामा हटाउने काम भइरहेको छ ।

साँफेबगर–मार्तडी–कोल्टी सडकमा पर्ने बल्दे–अम्कोट सडक जेठ ३१ मा अवरुद्ध भएकामा अझै खुल्न सकेको छैन । रसुवाको गल्छी–त्रिशूली–वेत्रावती खण्डमा असार १ मा सडक अवरुद्ध भएको थियो । सो सडकको विकल्प भएकाले तत्काल मर्मत नहुने सडक विभागले जनाएको छ ।
तत्काल पूर्णरुपमा नियमित हुन नसक्ने राजमार्गमा एकातिरबाट पहिरो पन्छाएर सवारीसाधन नियमित गरिएको विभागले जनाएको छ । खोड्पे–चैनपुर सडकको रिखारी पातल र चिपल ढुङ्गा, तमैल सडक र अरनिको राजमार्गको जुरे सडक पनि आशिंक रुपमा सञ्चालनमा छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

मधेशका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’ नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै  इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ प्रियंकासँग सहकार्य गर्दै जुनियर एनटिआर बुटवलमा करोडौँ मूल्य पर्ने २६ कठ्ठा सरकारी जग्गा किनबेच लागुऔषधसहित ५ जना पक्राउ हत्या आराेपमा एकजना पक्राउ