August 6, 2021, Friday
२२ श्रावण २०७८, शुक्रबार

रुपन्देहीमा १९ संक्रमित थपिए, ५७ जना निको

606

बुटवल । ​रुपन्देहीमा बिगत केही समय देखी कोरोना संक्रमितहरुको संख्या घटिरहेको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा पछिल्लो २४ घण्टाको अवधीमा १९ जनामा संक्रमण पुष्टि भएको छ भने ५७ जना निको भएका छन् ।

१६१ जनाको नमुना परीक्षण गर्दा १९ जनामा संक्रमण देखिएको हो । सबैभन्दा धेरै देबदह नगरपालिकामा ७ जना, बुटवल उपमहानगरपालिकामा ५ जना, सिद्धार्थनगर र सैनामैना नगरपालिकामा २/२ जना, तिलाेत्तमा नगरपालिका, सियारी, गैडहवा गाउँपालिकामा १/१ जना संक्रमित थपिएका हुन् । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या २६८ रहेको छन् ।

​रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधीमा कोरोनाबाट १ जनाकाे ज्यान गएको छ । जिल्लामा अहिलेसम्म जिल्लामा ४८२ जनाको ज्यान गईसकेको छ ।

पछिल्लो अपडेट