२७ जेष्ठ २०८०, शनिबार

Jun 10, 2023

जर्मनी । आगामी सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने तय भएको ओलम्पिक खेलकुद प्रतियोगिता स्थगित गर्न माग गरिएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा चीन सरकारको विरोधमा रहेका चिनियाँ आप्रवासीहरुले आगामी बेइजिङ ओलम्पिक स्थगित गर्न माग गर्न लागेका हुन् । 

Advertisement

कोरोनाभाइरसको महामारीको खतरा अझै पनि पूर्ण रुपमा अन्त्य भइ नसकेकाले आगामी बर्ष नै यति ठूलो खेलकुद प्रतियोगिता गर्नु उपयुक्त नहुने उनीहरुको भनाई छ । बेइजिङ ओलम्पिक स्थगित गर्नुपर्ने एक सूत्रीय अभियान स्वरुप चिनियाँहरुले आज विश्वका प्रमुख ६० भन्दा बढी सहरमा प्रदर्शन गरेका छन् ।  

विभिन्न देशमा छरिएर रहेका चीन विरोधी ती चिनियाँ आप्रवासीहरुले आगामी बर्ष पनि खेलकुद प्रतियोगिता गराइ हाल्ने अवस्था नरहेको दावी गरेका छन् । उनीहरुले खेल स्थगित गर्नुपर्ने सन्देश विभिन्न माध्यमबाट चिनियाँ राष्ट्रपति र ओलम्पिक कमिटिका जिम्मेवार पदाधिकारीहरुसम्म पुर्याउन पनि आग्रह गरेका छन् ।  चिनियाँ प्रदर्शनकारीहरुले यसलाई कुनै राजनीतिक वा अन्य दृष्टीकोणले नहेर्न र स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिन पनि ध्यानाकर्षण गराएका छन् ।  

उनीहरुले ओलम्पिक स्थगित गराउन यस्ता दवावमुलक अभियानलाई निरन्तरता दिइरहने पनि जानकारी गराएका छन् । 
बेइजिङ ओलम्पिक सन् २०२२ को फेब्रुअरी ४ देखि फेब्रअरी २०सम्म बेइजिङ नेश्नल स्टेडियममा गर्ने तय भएको छ । सो प्रतियोगितामा ७ खेलका १०९ प्रतियोगिता हुने तय गरिएको छ ।-एएनआई

प्रतिकृया दिनुहोस्

Flash News

स्वस्तिमाले सांसद शाहलाई भनिन – मेरो तस्विरका कुरा संसदमा उठाउनु परयो ! पाल्पा लैजाँदै गरेको एक ट्रक अवैध मल बरामद ४० दिनदेखि अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला परे गोप्य कागजात प्रकरणः ट्रम्प माथीको अभियोग पुष्टी भए २० बर्ष जेल सजाँय हुने कारबाही अघि नै बेलायती पुर्व प्रधानमन्त्रीले दिए सांसद पदवाट राजिनामा शोषणमा परेको प्रजातन्त्र विकासका कुरालाई राजनीतिक आँखाबाट हेर्नु हुँदैन: विनोद चौधरी नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै तराईमा तापक्रम नघटने, कोशी, गण्डकी तथा कर्णाली प्रदेश पानी पर्ने १३ वर्षदेखि रोकिएको संस्कृत विश्वविद्यालयको दीक्षान्त कार्यक्रम जेठ ३१ मा हुँदै बुटवलको ढवाहामा दोस्रो पीस पार्क मेला सुरु तिनाउमा विद्यालय व्यवस्थापन तथा अभिभावक संघका पदाधिकारीलाई अभिमूखिकरण बाघको छाला र हड्डीसहित दुईजना पक्राउ रुपन्देहीमा पर्यटन व्यवसायीको चिन्ता : ३० खर्ब लगानी डुब्ने डर, पलायन हुँदै व्यवसायी गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन रुपन्देहीका सामूदायिक विद्यालयमा रहेका कर्मचारी आन्दोलित राष्ट्र बैंकले भन्यो- चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा गाउँको व्यथा कसलाई के थाहा ? नागरिकता विधेयक : मन्त्रिपरिषद्को निर्णय र प्रमाणीकरणको फाइल झिकाउन आदेश