ताजा अपडेट »

सम्बन्ध सहकारीद्वारा शेयर सदस्यहरुलाई फलफूलका विरुवा वितरण

बुधबार, ०९ असार २०७८, १५ : ४१
10 Shares

बुटवल । बुटवल–११ देवीनगरस्थित सम्बन्ध बहुुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरुलाई फलफूलका विरुवा वितरण गरेको छ । एक घर एक फलफूलका रुख बनाउने उद्देश्य सहित फलफूलका बिरुवा वितरण गरिएको सहकारी अध्यक्ष लोकराज शर्माले जानकारी दिए ।

सहकारीका ६ सय ५० जना शेयर सदस्यहरुलाई आँप, लिची, कागती, ड्रागन, रुख कटहर लगायतका विरुवा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले बुधबार बितरण गरे । ति सबै फलफूलका बिरुवा घरको छत र खाली जमिनमा लगाउन उपयोगी रहेका छन् । वडा अध्यक्ष क्षेत्रीले बुटवल उपमहानगरपालिकाले सहर र बजार केन्द्रित कृषिका कार्यक्रमहरु समेत ल्याएको बताए । सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिका कृषि शाखा प्रमुुख सन्तोष जिसीले बुटवलमा ३० हजार विरुवा वितरण गर्न लागेको बताए ।

कार्यक्रममा वडा सदस्य रणबहादुुर थापा, सहकारीका सल्लाहकार राजेन्द्र ढकाल, राजेन्द्र पाण्डे, मनोहर पाठक, शालिकराम पौडेल लगायतले बोलेका थिए । सहकारीका अध्यक्ष लोकराज शर्माको अध्यक्षता, उपाध्यक्ष विष्णुु गौतम घिमिरेको स्वागत सचिव कमल नेपालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । स्थापनाको छोटो समयमै सहकारी विभिन्न रचनात्मक र सामाजिक कार्य गर्दै आइरहेको छ । सहकारी २०७६ साल माघ २० गते स्थापना भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।