ताजा अपडेट »

रुपन्देहीसहित ७५ जिल्लामा निषेधाज्ञा जारी, कुन जिल्लामा कहिलेसम्म ?

विहीबार, ०३ असार २०७८, १२ : ४४
2 Shares

बुटवल । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि हाल ७५ जिल्लामा निषेधाज्ञा जारी छ । गृहमन्त्रालका अनुसार अहिले खोटाङ र मनाङमा मात्रै निषेधाज्ञा छैन ।

काठमाडौं उपत्यकामा असार ७ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । सोहीअनुसार अधिकांश जिल्लाले पनि ७ गतेसम्मै निषेधाज्ञा लम्ब्याएका छन् । रुपन्देहीमा असार ७ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । केही जिल्लामा भने असार १५ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । गृह मन्त्रालयका अनुसार बैतडी र सिरहामा असार १५ गतेसम्म निषेधाज्ञाको आदेश छ ।

दार्चुलामा असार १२ गतेसम्म, सुर्खेत, चितवन, सल्यान, रुकुम पश्चिम, प्युठान, दैलेख, डोटी, रोल्पा, मुगु, हुम्ला र रुकुम पूर्वमा असार १० गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । यस्तै, रामेछापमा असार ९ गतेसम्म निषेधाज्ञा छ । काठमाडौं उपत्यकाका छिमेकी जिल्ला नुवाकोट, सिन्धुपाल्चोक, धादिङमा भने ८ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । पछिल्लो समय निषेधाज्ञा खुकुलो पार्न थालिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।