ताजा अपडेट »

कान्तीमा विद्यार्थीलाई अभिमुखीकरण

विहीबार, २६ असार २०७६, १९ : ०४
28 Shares

असार २६,
बुटवल । रुपन्देहीको बुटवल–४ हाटबजारमा अवस्थित कान्ति माध्यमिक विद्यालयले कक्षा ११ मा अध्यापन गर्न आउने विद्यार्थीलाई अभिमुखिकरण गरेको छ । विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीको अध्यक्षतामा भएको अभिमुखिकरणमा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै विभिन्न जिल्ला तथा विद्यालयबाट अध्ययनका लागि आएका विद्यार्थीलाई धन्यवाद ज्ञापन गरिएको थियो ।

“सङ्गत गुनाको बुद्धी, बीऊ गुनाको फल” भनेझै असल सङ्गत र मेहनतबाट उत्कृष्ट बन्न सकिने विद्यालय प्राचार्य ज्ञवालीले बताए । विद्यालय आत्म अनुशासित बन्ने ठाउँ भएको हुँदा अनुशासित, लगनशील र राष्ट्रले खोजेको असल नागरिक बन्न समेत उनले अनुरोध गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि हेमानन्द शर्माले प्रत्येक विद्यार्थीहरुको क्षमता फरक–फरक हुने हुँदा विद्यालयमा फरक समूहको अध्यापन हुँदै आएको र सबै विषयको बराबर महत्व रहेको धारणा राखे । अध्ययनरत विद्यार्थीहरुलाई सधै अब्बल रहने प्रयत्न गर्न र अनुशासित भई आजको काम आजै गर्ने बानी बसाल्न सकेमा कहिल्यै पछाडि नपरिने धारणा व्यक्त गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ४ का वार्ड सदस्य सुरेन्द्र श्रेष्ठ, सह प्राचार्य चुरामणी पौडेल, इन्चार्ज यज्ञलाल सुवेदी, शिक्षक लिलाधर पाण्डे र लेखनाथ पाण्डे लगायतले स्वागत, गजल तथा मन्तव्य व्यक्त गरेका थिए । सम्पूर्ण विद्यालयका गतिविधिहरुलाई समेटेर तयार पारिएको श्रव्यदृश्य सामाग्री पनि प्रस्तुत गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।