१४ जेष्ठ २०८०, आईतवार

May 28, 2023

फुङ्लिङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका आर्थिक वर्ष २०७८-७९ शुरुआत हुन एक महिना अगाडि नै ६७ प्रतिशतले बढी राजश्व सङ्कलन गर्न सफल भएको छ । गाउँपालिकाले चालु आव २०७८-७९ मा रु १९ लाख ७५ हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको थियो । गत साउन १ देखि जेठ २८ गतेसम्ममा रु ३३ लाख एक हजार ४३४ आन्तरिक राजश्व सङ्कलन भएको गाउँपालिकाका सूचना अधिकारी लक्ष्मी जुहानले बताए । पालिकाको लक्ष्यभन्दा ६७ प्रतिशतले बढी राजश्व सङ्कलन गर्न गाउँपालिका सफल भएको सूचना अधिकारी चुहानले बताए । लक्ष्यभन्दा रु १३ लाख २६ हजार ४३४ राजस्व सङ्कलन गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँ कार्यपालिकाको कार्यालय सान्थाक्राले रु १० लाख १७ हजार ३० राजश्व सङ¬्कलन गरेको छ । गाउँपालिकाले रु तीन लाख ७१ हजार ५५१ बेरुजु असुल गरेको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले बता ए। रु आठ लाख १३ हजार ६०० ढुङ्गा, गिट्टी, बालुवा ठेक्कावापत गाउँ कार्यपालिकाले राजश्व असुल गरेको गाउँपालिकाको कार्यालयले जनाएको छ । कर दस्तुरवापत वडा नं १ थिङ्लाबुले रु दुई लाख ६६ हजार ८४१, वडा नं २ सान्थाक्राले रु तीन लाख २४ हजार ५७० राजश्व सङ्कलन गरेको छ ।त्यस्तै वडा नं ३ ले रु ५० हजार ७१० सङ्कलन गरेको गाउँपालिकाले जनाएको छ । वडा नं ४ ले रु एक लाख २९ हजार १११ सङ्कलन गरेको छ । वडा नं ५ ले रु तीन लाख ९०० र वडा नं ६ ले रु २७ हजार १२१ राजश्व सङ्कलन गरेको प्रमुख प्रशासकीय अधिकृत आङ्देम्बेले बताए।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

बुटवलमा भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी साहयक हवल्दार अमृत बस्नेत घाइते ‘छल्दी खोलामा बाढी आएपछि स्थानीयले भने : विपतमा खै रेसुङ्गा र इस्माका जनप्रतिनिधी ?’ बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट नदी उत्खनन् गर्न नपाएपछि ट्याक्टर व्यवसायीले घेरे देवदह नगरपालिका सरकारको आर्थिक सर्वेक्षणले भन्छ- अर्थतन्त्र सुधार हुँदैछ [पूर्णपाठ] बुटवलको ढवाहामा जेठ २५ गतेदेखि ‘दोस्रो पीस पार्क मेला’ हुने भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव सेयर बजार दोहोरो अंकको गिरावट धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यही हुन् सदस्यहरू अनिता ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने सरकारको निर्णय ७० वर्षीया वृद्धा र १७ वर्षीया किशोरी बलात्कृत भाडादर छुट गरी सहयोग गर्न होटल ब्यवसायीहरुको घरधनीलाई आग्रह तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो अनुष्का भन्छिन्–वर्षमा एउटामात्र फिल्म बुटवलका रुकबहादुर आफ्नै सुत्ने कोठामा मृत फेला प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो घट्यो सुनको मूल्य, चाँदीकाे बढयाे ‘एनाटोमी अफ ए फल’लाई पाल्मे डी ओर अवार्ड रामबहादुरको रामकहानी